श्रावण १३, २०८३ बुधबार July 29, 2026

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ०१ प्रतिशतले बढे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ वैशाखः यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव १७ अङ्कले घटेर दुई हजार ८२५ दशमलव २३ बिन्दुमा कामय भएको हो ।

आज तीन सय ४९ कम्पनीको एक करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर एक लाख १६ हजार ३१० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेले कुनै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको घटबढ हुँदा ‘सर्किट ब्रेक’ लाग्ने व्यवस्थालाई परिमार्जन गरी १५ प्रतिशत बनाएको छ । जसअनुसार आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, पाल्पा सिमेन्ट इन्डस्टिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ०१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार