मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

विराट गोल्डकपको उपाधि झापा–११ को पोल्टामा

फाइनल खेलका ‘प्लेयर अफ दी म्याच’ झापाका राजेश दाहाल घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ। विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करणको उपाधि झापा–११ ले जितेको छ।

आज भएको फाइनलमा सम्राट स्पोर्टिङ क्लब विराटनगरलाई २–१ गोलको अन्तरले पराजित गरी झापाले उपाधि हात पारेको हो। उपाधिसँगै झापाले ११ लाख रूपैयाँ नगद र ट्रफि प्राप्त गरेको छभने उपविजेता सम्राट स्पोर्टिङले पाँच लाख रूपैयाँ प्राप्त गरेको छ।

फाइनल खेलका ‘प्लेयर अफ दी म्याच’ झापाका राजेश दाहाल भए। उनले नगद ११ हजार रूपैयाँ प्राप्त गरे। यसैगरी सम्राटका अशोक खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइ ५१ हजार रूपैयाँ, उत्कृष्ट गोलरक्षक झापाका विशाल सुनार र उत्कृष्ट प्रशिक्षकमा सन्तोष बस्नेत घोषित भइ १५ हजार रूपैयाँका दरले नगद पुरस्कार प्राप्त गरे।

विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा खेल सञ्चालन हुँदै आएको थियो। कोशी प्रदेशका सभामुख अम्बरवहादुर विष्ट, प्रदेशका पर्यटन, वन, तथा वातावरणमन्त्री भीम पराजुली, विराटनगर महानगर प्रमुख नागेश कोइराला र ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीलगायतले विजेता एवं उपविजेतालाई ट्रफि एवं नगद पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार