श्रावण ३०, २०८३ शनिबार August 15, 2026

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

उच्चस्तरीय भेटघाट गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुर आज तीन दिने औपचारिक भ्रमणका लागि टर्किस एयरलाइन्सको उडानमार्फत काठमाडौँ आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी सोमबार बिहान काठमाडौं अवतरण गरेका हुन् र भ्रमणका क्रममा नेपालसँग क्षेत्रीय स्थिरता, सुरक्षा तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

भारतका विदेश सचिव विक्रम मिश्रीको सम्भावित नेपाल भ्रमणसँगै कपुरको आगमनलाई कूटनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने कपुर हालै मात्र सहायक विदेशमन्त्रीमा नियुक्त भएका हुन् ।

भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल सहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्रीसँग भेटघाट हुने वा नहुने विषयमा भने अझै टुंगो लागेको छैन ।

यसअघि पूर्व सहायक विदेशमन्त्री डोनाल्ड लु ले आफ्नो कार्यकालमा चार पटक नेपाल भ्रमण गरेका थिए र एमसीसी सम्झौता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा थियो । कपुरको यस भ्रमणलाई पनि नेपाल–अमेरिका सम्बन्धको सन्दर्भमा महत्वपूर्ण मानिएको छ ।

जेनजी आन्दोलनपछि गठन भएको वर्तमान सरकारसँगको यो अहिलेसम्मकै उच्चस्तरीय अमेरिकी भ्रमण भएको बताइएको छ, जसले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार