काठमाडौँ, ७ वैशाखः अध्यागमन विभागले गैरकानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।
आज एक विज्ञप्ति जारी गरी विभागका प्रवक्ता एवं निर्देशक टिकाराम ढकालले नेपाली नागरिकलाई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गर्ने दुई जना अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको बताउनुभयो । उनीहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित कार्यालयको जिम्मेवारीबाट हटाइएको हो ।
संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै नीतिविपरित काम गर्न नपाउने भनी लिएको भन्दै विरोध भएको थियो । सोही विषयमा छानबिनका लागि यही वैशाख ३ गतेको निर्णयबाट छानबिन समिति गठन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया