मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

टी–२० आई सिरिजमा नेपालले यूएईलाई ८ विकेटले हरायो

दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन जोडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई हराएको छ । मंगलबार साँझ कीर्तिपुरस्थित टियु मैदानमा सकिएको खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो ।

यो सँगै सिरिज बराबरीमा सकिएको छ । सोमबार यूएईले नेपालाई ६ विकेटले पराजित गरेको थियो।

१२९ रनको लक्ष्य पाएको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रन जोड्दै अविजित रहे। भने दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन जोडे।

यूएईका निलान्स केशवानी र मुहम्मद अर्फानले एक–एक विकेट लिए।

त्यसअघि टस हारेर बहिले ब्याटिङ थालेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन जोड्यो।

अक्षदीप नाथले ५३ , मुहम्मद अर्फानले ३२ तथा अदीव उस्मानीले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका सन्दीप लामिछानेले ३, हेमन्त धामीले २, नन्दन यादव र साहब आलमले एक–एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार