मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित देशका अन्य जिल्लाबाट गरी ९० खेलाडीको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की, वैशाख ९ गते । पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता आज सम्पन्न भएको छ। कास्की जिल्ला टेनिस सङ्घले आयोजना गरेको प्रतियोगिता पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा यही वैशाख ५ गतेदेखि सञ्चालन भएको हो ।

प्रतियोगितामा १८ वर्षमुनिको ‘ब्वाइज सिंगल्स’ तर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जितेका छन् । यसैगरी, ‘गल्र्स सिंगल्स’तर्फ सारा पन्तले १२ र १४ वर्षमुनि गरी दुवै विधामा स्वर्ण जित्न सफल हुनुभएको छ।

दर्शिलले फाइनलमा शाश्वत बज्राचार्यलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरी च्याम्पियन बन्नुभएको हो । यू–१६ ‘ब्वाइज’तर्फ सन्दीप विकले स्पन्दन उदासलाई ६–२, ३–६, ६–१ ले फाइनलमा पराजित गरी स्वर्ण पदक जिते भने सन्दीपले रजत पदक हात पार्नुभयो । यू–१६ गल्र्सतर्फ श्वरा थापाले स्वर्ण जित्नुभयो भने भने ऐरा खत्री रजत पदकमा सीमित हुनुभयो । श्वराले फाइनलमा ऐरालाई ४–६, ६–२, ६–१ को सङ्घर्षपूर्ण जित निकाल्नुभयो । यू–१२ गल्र्सतर्फ सारा पन्तले फाइनलमा नाइरा घलेलाई ६–२, ६–१ ले हराउनुभयो ।

यसैगरी, यू–१४ तर्फ साराले श्वरा थापालाई ६–४, ६–१ को सहज जित निकाल्दै दुवै विधामा स्वर्ण पदक जित्दा श्वाराले रजत पदक हात पार्नुभयो। यू–१२ ब्वाइजतर्फको फाइनलमा वेदान्त चालिसेले अरित मल्ललाई पराजित गरी स्वर्ण पदक जित्नुभयो । वेदान्तले अरितलाई फाइनलमा ३–६, ७–६ र ६–२ ले पराजित गरेका थिए ।

यसैगरी, यू–१० ब्वाइजतर्फ कायान चालिसेले फाइनलमा सोनाम घलेलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरी स्वर्ण पदक जित्दा यू–१४ तर्फ आरित मल्लले वेदान्त चासिलेलाई फाइनलमा ६–४, ६–१ ले पराजित गरी स्वर्ण पदक जिते भने आरितले रजत पदक हात पार्नुभयो ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमारश्री मोहनबहादुर शाही, उनका नाति भिग्नजित शाही, नेपाल टेनिसका उपाध्यक्ष विनोद कायस्थ, केन्द्रीय सदस्य विष्णुबहादुर थापा, प्रतियोगिताका संयोजक लोकबहादुर गुरुङलगायतले पदक र प्रमाणपत्र पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित देशका अन्य जिल्लाबाट गरी ९० खेलाडीको सहभागिता रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार