श्रावण १३, २०८३ बुधबार July 29, 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्थानीय बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य एकसाथ घटेको छ। पछिल्ला दिनहरूमा स्थिर देखिएको सुनको भाउ आज घट्दै बजारमा नयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ। मंगलबार सुनको कारोबार ३ लाख १ हजार ३०० रुपैयाँ प्रतितोला मा भएको थियो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढाव र आन्तरिक मागमा आएको कमीका कारण नेपाली बजारमा पनि असर परेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ५ हजार १३० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी ५ हजार १६० रुपैयाँ प्रतितोला मा कारोबार भएको थियो।

व्यवसायीहरूका अनुसार चाँदीको माग तुलनात्मक रूपमा स्थिर भए पनि अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्यमा गिरावट देखिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार