बैसाख १०, २०८३ बिहिबार April 23, 2026

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आजको कारोबारमा बैँकिङ शून्य दशमलव १३, वित्त समूह शून्य दशमलव ५८

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ९ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १७ विन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर एक लाख २१ हजार ४३३ पटक खरिदबिक्री हुँदा  सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैँकिङ शून्य दशमलव १३, वित्त समूह शून्य दशमलव ५८, लगानी शून्य दशमलव ०९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र निर्जीवन बिमा शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।

विकास बैँक शून्य दशमलव २७, होटल तथा पर्यटन दुई दशमलव ३६, जलविद्युत् शून्य दशमलव ०६, जीवन बिमा शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४०, व्यापार एक दशमलव १० र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्यानचेस्टर सिटी प्रिमियर लिगमा शिर्ष स्थानमा उक्लियो
२०८३ बैसाख १०, बिहिबार
गगन-विश्व आलोक : नन्दकृष्ण जोशी
२०८३ बैसाख १०, बिहिबार
सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्छः प्रहरी महानिरीक्षक
२०८३ बैसाख १०, बिहिबार
प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग
२०८३ बैसाख १०, बिहिबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा
२०८३ बैसाख १०, बिहिबार
इजरायली गुप्तचर संस्था मोसादका एजेन्ट ‘मेम’ को मृत्युबारे गम्भीर खुलासा
२०८३ बैसाख १०, बिहिबार
बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण
२०८३ बैसाख १०, बिहिबार