मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

ला लिगामा रियलको सहज जित

पराजित अलाभेस ३३ अङ्कसहित १७औँ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, वैशाख ९ गते । रियल म्याड्रिडलले चार खेलको वितविहीन यात्रामा पूर्णविराम लगाएको छ । स्पेनिस ला लिगा अन्तर्गत मङ्गलबार राति भएको खेलमा रियलले अलाभेसलाई २–१ गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा रियल म्याड्रिडको जितमा केलियन एम्बापे र भिनिसियस जुनियरले एक एक गोल गर्नुभयो । यस जितसँगै रोमाञ्चक प्रदर्शन गरेको रियलका लागि ३०औँ मिनेटमा केलियन एमबाप्पेको प्रहार अलाभेसका डिफेन्डरमा लागेर दिशा बदलिँदा गोलकिपर एन्टोनियो सिभेरालाई झुक्याउँदै गोल भएको थियो ।

त्यसपछि ५०औँ मिनेटमा भिनिसियस जुनियरले टाढाबाट उत्कृष्ट प्रहार गर्दै रियल म्याड्रिडको अग्रता दोब्बर बनाउनुभयो । खेलअघि र खेलका क्रममा उहाँ पनि केही दर्शकको हुटिङको सिकार बन्नुभएको थियो । गोल गरेपछि उहाँले हात उठाएर समर्थकसँग माफी मागेजस्तो इशारा गर्नुभयो र दर्शकबाट ताली पाउनुभएको थियो ।

जितसँगै दोस्रो स्थानमा रहेको रियलले ३२ खेलबाट ७३ अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ३१ खेलबाट ७९ अङ्क छ । तेस्रो स्थानमा आसिन भिल्ला रियलको ६१ अङ्क छ । पराजित अलाभेस ३३ अङ्कसहित १७औँ स्थानमा छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार