कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

रोजगार कार्यालयहरूबाट २७ प्रतिष्ठान र विभागबाट गठन भएका दुई टोलीबाट पाँच प्रतिष्ठानमा अनुगमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ,  वैशाख ९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्काल सुधार गर्न निर्देशन दिएको छ ।

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयले ३२ वटा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानमा अनुगमनका क्रममा देखिएका समस्या सुधार्न निर्देशन दिएको हो । रोजगार कार्यालयहरूबाट २७ प्रतिष्ठान र विभागबाट गठन भएका दुई टोलीबाट पाँच प्रतिष्ठानमा अनुगमन गरिएको थियो ।

विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार अनुगमनका क्रममा केही प्रतिष्ठानमा न्यूनतम पारिश्रामिकको कार्यान्वयन नभएको, नियमित श्रम अडिट नभएको, सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएको लगायत समस्या पहिचान भएका छन् । त्यस्ता प्रतिष्ठानलाई श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ र प्रचलित कानुनको परिपालना गरी तत्काल सुधार गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

श्रम ऐन तथा नियमावली र प्रचलित कानुनको पालना भए नभएको सम्बन्धमा गरिएको अनुगमनका क्रममा विशेषगरी नेपाल सरकारबाट तोकिएको न्यूनतम पारिश्रामिकको कार्यान्वयनको अवस्था, व्यवसायिक सुरक्षा तथा स्वास्थ्यको अवस्था, बाल श्रमको अवस्था, सामाजिक सुरक्षा कोषमा आबद्धताको अवस्था, नियमित श्रम अडिट भए र नभएको अवस्था लगायत विषयमा निरीक्षण भएको विभागले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार