श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

यातायात सेवा व्यवस्थित बनाउन मुख्यमन्त्री बानियाँको निर्देशन

नागरिकले प्राप्त गर्ने सेवामा सहजता, पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, १० वैशाखः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यातायात सेवा प्रणालीलाई प्रविधिमैत्री, सेवाग्राहीमैत्री र गुनासोरहित बनाउन निर्देशन दिनुभएको छ ।

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलमा आयोजित छलफलमा मुख्यमन्त्री बानियाँले सवारी चालक अनुमतिपत्र लगायतका सेवामा नागरिकले दुःख पाइरहेको गुनासो आइरहेकाले गुनासोरहित बनाउन निर्देशन दिनुएको हो ।

यातायात सेवा प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा ठोस नीति तथा कार्यान्वयनयोग्य सुधारका उपायहरु अघि बढाउनुपर्ने बताउँदै उहाँले नागरिकले प्राप्त गर्ने सेवामा सहजता, पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने बताउनुभयो ।

सेवामा सरलीकरण, प्रविधिको अधिकतम प्रयोग, भीडभाड नियन्त्रण र बिचौलिया अन्त्यका लागि यातायात व्यवस्था कार्यालयहरुले भूमिका खेल्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले त्यसका लागि आवश्यक ऐन, कानुन निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रभातकुमार तामाङ, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार