असार १०, २०८३ बुधबार June 24, 2026

लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५ के नेपालको चौथो अधिवेशन शनिवार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख ११ गते । लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५ के (एमडी ३२५) नेपालको चौथो वार्षिक जिल्ला अधिवेशन शनिवार काठमाडौंमा आयोजना हुँदैछ। लायन्स क्लब अफ काठमाडौं गोंगबु, कोसेली, जागृति र गौरवको संयुक्त आयोजनामा काठमाडौंस्थित नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको हो ।

कार्यक्रम बिहान ८ बजेदेखि सुरु भई दिवंगत सदस्यप्रति श्रद्धाञ्जलि, विशिष्ट अतिथिहरूको आसन ग्रहण, राष्ट्रिय गान तथा झण्डा वन्दन, स्वागत मन्तव्य, सांस्कृतिक प्रस्तुति र दीप प्रज्वलनजस्ता कार्यक्रम हुनेछन्। त्यसपछि अधिवेशन प्रतिज्ञा, पुरस्कार तथा सम्मान वितरण, प्रमुख अतिथि र विशिष्ट अतिथिको मन्तव्य तथा धन्यवाद ज्ञापन कार्यक्रम तय गरिएको छ।

दिउँसो भोजनपछि हुने सत्रमा प्रतिवेदन प्रस्तुत तथा अनुमोदन, दोस्रो सत्रमा थप प्रतिवेदनमाथि छलफल तथा साँझ उम्मेदवार परिचय र निर्वाचन प्रक्रिया सञ्चालन गरिनेछ। त्यसपछि निर्वाचन परिणाम घोषणा तथा समापन समारोह आयोजना गरिने कार्यक्रम रहेको छ। अधिवेशनले जिल्ला नेतृत्व चयनसहित आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार