असार १०, २०८३ बुधबार June 24, 2026

पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह

अब पालिकाबाटै व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर जारी तथा आयकरसम्बन्धी काम हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, ११ वैशाखः मकवानपुरका स्थानीय तहहरुले पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह प्रारम्भ गरेका छन् ।

प्रशासनिक सङ्घीयता कार्यान्वयनका क्रममा सरकारले करसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउन थालेको हो । सोही नीतिअनुरुप आन्तरिक राजस्व कार्यालय मकवानपुरको समन्वयमा जिल्लाको मनहरी गाउँपालिका र बागमती गाउँपालिकाले करदाता सेवा सुरु गरेका हुन् ।

बागमती गाउँपालिकामा बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलान र आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख युक्तप्रसाद सुवेदीले सेवाग्राहीलाई व्यक्तिगत र व्यावसायिक स्थायी लेखा नम्बर प्रदान गर्नुभयो ।

कार्यालय प्रमुख सुवेदीका अनुसार अब पालिकाबाटै व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर जारी तथा आयकरसम्बन्धी काम हुनेछ । साथै अन्तःशुल्कसम्बन्धी इजाजत तथा नवीकरणका लागि कागजात सङ्कलन र प्रारम्भिक प्रमाणीकरण पनि पालिकाबाटै हुनेछ ।

आगामी महिनााभित्र मकवानपुरका चारवटा पालिकामा करदाता सेवा सञ्चालनको तयारी भएको छ । बकैया गाउँपालिका र थाहा नगरपालिका सेवा सञ्चालनको सूचीमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार