बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफी : नेपाल भानुआटुसँग पराजित

अब नेपालले यही वैशाख १३ गते अमेरिकासँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको छ ।

रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट ओभलमा आज भएको खेलमा नेपाल भानुआटुसँग २२ रनले पराजित भएको हो । जितका लागि ९८ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमै समेटियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक २४ रनको योगदान दिइन् । उनले १९ बलमा ४ चौका प्रहार गरिन् । त्यस्तै कप्तान इन्दु वर्माले १३ र कविता कुँवरले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ भानुआटुका लागि भानेसा भिरा र नासिमाना नवाइकाले तीन तीन विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भानुआटुले  निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनायो । भानुआटुका लागि भालेन्टा लाङ्गियातुले सर्वाधिक ४२ रनको योगदान दिइन् । उनले  ५० बलमा दुई चौका र दुई छक्का हानिन् । यस्तै नासिमाना नवाइकाले १८ तथा सेलिना सोलमन र सुसन स्टीफनले १०÷१० रन बनाए ।

बलिङतर्फ नेपालका लागि रिया शर्माले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । यस्तै मनिषा उपाध्याय, कविता कुँवर र रचनाकुमारी चौधरीले एक एक  विकेट लिए । अब नेपालले यही वैशाख १३ गते अमेरिकासँग खेल्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह
२०८३ बैसाख ११, शुक्रबार
आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफी : नेपाल भानुआटुसँग पराजित
२०८३ बैसाख ११, शुक्रबार
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
२०८३ बैसाख ११, शुक्रबार
सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न एमालेको आग्रह
२०८३ बैसाख ११, शुक्रबार
देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल
२०८३ बैसाख ११, शुक्रबार
सर्लाहीको मलङ्गवामा ११ अवैध स्वास्थ्य संस्था सिल, सञ्चालक फरार
२०८३ बैसाख ११, शुक्रबार
धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
२०८३ बैसाख ११, शुक्रबार