बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काहरूका विवरण हेरफेर गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ११ गते । राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ पर्नुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पाण्डेलाई पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काहरूका विवरण हेरफेर गरेको आरोपमा पक्राउ गरिएको बताउनुभयो ।

पाण्डेसँगै भीषण कन्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठलाई पनि सोही कसुरमा पक्राउ गरिएको सिआइबीले जनाएको छ । उहाँहरूमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरी निवेदनका आधारमा साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो ।

सोही कसुरमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी हाल परिवर्तन भएको सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उक्त मुद्दामा हालसम्म जम्मा ९ ९नौ० जना शङ्कास्पद व्यक्तिहरूलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चन्द्रगढी महिला गोल्डकपमा पुलिसलाई २–१ गोलले हराउँदै आर्मीको उपाधि यात्रा तय
२०८३ बैसाख १२, शनिबार
चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ निर्माण सुरु, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शिलान्यास हुँदै
२०८३ बैसाख ११, शुक्रबार
राष्ट्रपति पौडेलद्वारा सीता जयन्तीको शुभकामना
२०८३ बैसाख ११, शुक्रबार
भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह
२०८३ बैसाख ११, शुक्रबार
पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ
२०८३ बैसाख ११, शुक्रबार
आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफी : नेपाल भानुआटुसँग पराजित
२०८३ बैसाख ११, शुक्रबार
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
२०८३ बैसाख ११, शुक्रबार