असार ३०, २०८३ मंगलबार July 14, 2026

आइसिसी महिला च्यालेन्ज ट्रफीमा नेपाल अमेरिकासँग पराजित

बलिङतर्फ अमेरिकाकी माही माधभन र रितु पृया सिंहले समान २/२ विकेट लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा नेपाल अमेरिकासित सात विकेटले पराजित भएको हो ।

नेपालले दिएको ८७ रनको विजयी लक्ष्य अमेरिकाले ११.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि इसानी वाघेलाले सर्वाधिक ३५ रनको योगदान दिइन भने सैनभी कम्बालापालीले २१ तथा पूजा गनेशले २० रन बनाइन ।

बलिङतर्फ नेपालका लागि मनिशा उपाध्याय, पूजा महत्तो र इन्दु बर्माले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनायो । नेपालका लागि रुवि पोदारले सर्वाधिक ५१ रनको योगदान दिइन । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पूजा महत्तो र कविता कुँवरले समान ८/८ रन जोडे ।

बलिङतर्फ अमेरिकाकी माही माधभन र रितु पृया सिंहले समान २/२ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार