बैसाख १४, २०८३ सोमबार April 27, 2026

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय

वैशाख १९ गतेदेखि लागू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १४ वैशाखः सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो । हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही वैशाख १८ गते अवकाश जाँदै हुनुहुन्छ ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई
२०८३ बैसाख १४, सोमबार
होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
२०८३ बैसाख १४, सोमबार
काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
२०८३ बैसाख १४, सोमबार
सञ्चार मन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेट
२०८३ बैसाख १४, सोमबार
मालीमा सैन्य आक्रमण, रक्षा मन्त्री सादियो क्यामारा मारिए
२०८३ बैसाख १४, सोमबार
वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै
२०८३ बैसाख १४, सोमबार
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरुद्धको रिटमा कारण देखाऊ आदेश
२०८३ बैसाख १४, सोमबार