असार २३, २०८२ सोमबार July 7, 2025

राप्ती गाउँपालिकाका सबै विद्यालयहरू सञ्चालनमा आए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाका विद्यालयहरू सञ्चालनमा आएका छन् ।

विश्व महामारी कोरोना भाईरसका कारण ६ महिनादेखी बन्द रहेका विद्यालय सञ्चालनमा आएपछि गाउँपालिकाको शिक्षा शाखाले अनुगमन समेत शुरु गरेको जनाएको छ । विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरेका वा नगरेको वारेमा अनुगमन गरिएको छ ।

गाउँपालिकामा रहेका विद्यालयहरू असोज ११ गतेबाट खुल्न शुरु गरेका छन् । पठान–पाठनका क्रममा सामाजिक दुरी कायम गर्नुपर्ने, हात धुन साबुन र पानीको ब्यवस्था, मास्कको प्रयोगलगायतका स्वास्थ्यसम्बन्धी विषयलाई अनुगमन गरिएको छ ।

सामुदायिक र निजी विद्यालयहरूले विद्यार्थीलाई चाप नपर्ने गरि दुई वा तीन चरणमा अध्यापन गरिरहेका छन् । विद्यालयहरूको अनुगमनका क्रममा उचित व्यवस्था गरेको पाइएको उपाध्यक्ष जगदम्वाकुमारी चौधरीले बताएकी छिन् ।

गाउँपालिकाको विद्यार्थी सिकाइ सहजीकरणको उदेश्य र स्वास्थ्य मापडण्डको वारेमा स्वास्थ्य शाखाका संयोजक नारायण राउतले विद्यार्थी तथा शिक्षकलाई जानकारी गराएका छन् ।

कार्यपालिका बैठकले दिएको सुझाव तथा निर्देशनअनुसार विद्यार्थी सिकाइ सहजीकरण २०७७ अनुसार विद्यालयको अनुगमन तथा समस्या समाधानका उपायसहित सल्लाह सुझाव समेत प्रदान गर्दै आइरहेको शिक्षा शाखा अधिकृत बासुदेव खनालले जानकारी दिए ।

अनुगमनको क्रमम सामुदायिक तथा निजी विद्यालयहरूको प्रत्येक कक्षाको अनुगम गरिएको छ । केही विद्यालयमा मास्क नभएका विद्यार्थीलाई मास्क समेत वितरण गरिएको छ । अनुगमनको क्रममा विद्यार्थी तथा विद्यालय प्रमुखसंग छलफल समेत गरिएको खनालले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
“एएफसी छनोटबाट धेरै सकारात्मक ऊर्जा लिएर फर्किएकी छु” – कप्तान सावित्रा भण्डारीः
२०८२ असार २३, सोमबार
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार