असार ३०, २०८३ मंगलबार July 14, 2026

मनकामना-गोरखा दरबारसम्मको म्याराथन दौड सम्पन्न

महिलातर्फ तनहुँकी बिबिका लामा तेस्रो, नवलपुरकी डोलमाया महतो तेस्रो र नवलपुरकै सूर्यकुमारी महतो सान्त्वना स्थान प्राप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा, १५ वैशाखः प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सोमबार सम्पन्न प्रतियोगिताको उपाधि तनहुँका सनम गुरुङले हात पार्नुभएको हो ।

जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक सहयोगमा सोमबार प्रतियोगिता भएको हो । मनकामनादेखि गोरखा दरबारसम्मको ४२ दशमलव १९५ किलोमिटर दौडमा प्रथम बनेका गुरुङले नगद रु ५५ हजार प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम तामाङले बताउनुभयो । गुरुङले दुई घण्टा ५९ सेकेण्डमा उक्त दौड पूरा गर्नुभएको थियो ।

उक्त दौड मनकामना मन्दिरदेखि ताक्लुङ-तीनमाने-घैरुङ-नाम्जुङ-काउलेभङ्गार-बुङ्कोट-ढुड्गागाढे-आहाले भञ्ज्याङ-बराह मन्दिर-हस्पिटल चोक-हरमटारी-बसपार्क-बिपी चौतारा-ठूलो आँगन-सतिपीपल-गैरीकुवा-हनुमानथान (गोरखाकाली मन्दिर) पुगेर टुङ्गिएको थियो ।

महिलातर्फ कास्कीकी सपना गुरुङ प्रथम बन्नुभएको छ । चार घण्टा ५१ सेकेण्डमा दौड पूरा गरी प्रथम बन्नुभएकी गुरुङले रु ५५ हजार नगद पुरस्कार प्राप्त गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । पुरुषतर्फको प्रतियोगितामा कास्कीका सफल लामा दोस्रो तथा कास्कीकै चेतनाथ चालिसे तेस्रो बन्नुभएको छ । क्रमशः तीन घण्टा १० मिनेट र तीन घण्टा २८ मिनेटमा दौड पूरा गरी रु ३० हजार र २० हजार प्राप्त गरेका छन् । प्रतियोगितामा सान्त्वना बनेका पर्वतका सन्तोष परियार र गोरखाका अञ्जन पौडेलले जनही रु पाँच-पाँच हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकको भनाइ छ ।

मनकामनादेखि गोरखा दरबारसम्मको ४२ दशमलव १९५ किलोमिटर दौडमा महिलातर्फ तनहुँकी बिबिका लामा तेस्रो, नवलपुरकी डोलमाया महतो तेस्रो र नवलपुरकै सूर्यकुमारी महतो सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । उहाँहरूले क्रमशः रु ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गरेको खेलकुद विकास समिति गोरखाका अध्यक्ष प्रेम तामाङले बताउनुभयो ।

यसैगरी, मनकामनादेखि तीनमानेसम्मको १० किलोमिटर दौडमा महिलातर्फ नवलपुरकी प्रकृति लुङ्गेली प्रथम, कास्की साधना परियार द्वितीय र तनहुँकी नम्रता गुरुङ तृतीय र पुरुषतर्फ कास्कीका बादल कार्की प्रथम, तनहुँका आदित्य जेसी द्धितिय र गोरखाका सविन सापकोटा तृतीय हुनुभएको छ । महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः रु ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

मनकामनादेखि जुम्ली चौतारासम्मको पाँच किलोमिटर दौडमा पुरुषतर्फ गोरखाका सरोज गिरी प्रथम, तनहुँका कमल विक द्वितीय र म्याग्दीका सक्षम बोहोरा तृतीय हुनुभएको छ ।

महिलातर्फ पाँच किलोमिटर दौडमा तनहुँकी मनकुमारी लामा प्रथम, पर्वतकी सिम्रन थापा द्वितीय र स्याङ्जाकी विमला माया मान्नधर तृतीय हुनुभएको छ । महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, सात हजार ५०० र रु पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

खेलक्षेत्रमार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तामाङले बताउनुभयो । प्रतियोगितामा सहभागीलाई यातायातसहित खान र बस्ने व्यवस्था आयोजकले गरेको थियो ।

प्रदेशस्तरीय उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट खेलाडीले सहभागिता जनाएका थिए । जसमा गण्डकी प्रदेशभित्रका ११ जिल्लाबाट एक जना पुरुष र एक जना महिलाका दरले सहभागिता जनाएका तामाङको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार