बैसाख १५, २०८३ मंगलबार April 28, 2026

राष्ट्रियसभा उपाध्यक्ष र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता

प्रदेशमा कानून निर्माण प्रक्रिया, यसको कार्यान्वयन तथा नीति निर्माणसँग सम्बन्धित विषयमा भेटघाटमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारी र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबीच भेटवार्ता भएको छ ।

पोखरास्थित प्रदेश प्रमुख निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रदेश प्रमुख भट्टले उपाध्यक्ष भण्डारीलाई राष्ट्रिय सभाको महत्त्वपूर्ण जिम्मेवारीप्रति बधाई ज्ञापन गरेका थिए ।

उनले संघ र प्रदेशबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सहजीकरण गर्नुपर्ने बताए ।

प्रदेशमा कानून निर्माण प्रक्रिया, यसको कार्यान्वयन तथा नीति निर्माणसँग सम्बन्धित विषयमा भेटघाटमा छलफल भएको थियो ।

उपाध्यक्ष भण्डारीले संविधान र कानूनले दिएको अधिकारभित्र रहेर कानून निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताएकी थिइन् ।

उनले मुलुकले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्न प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हुने धारणा राखिन् ।

भेटवार्ता संवैधानिक पदाधिकारीहरूबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले केन्द्रित रहेको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
२०८३ बैसाख १५, मंगलबार
पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज
२०८३ बैसाख १५, मंगलबार
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
२०८३ बैसाख १५, मंगलबार
ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
२०८३ बैसाख १५, मंगलबार
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
२०८३ बैसाख १५, मंगलबार