असार ३०, २०८३ मंगलबार July 14, 2026

ओमानले नेपाललाई दियो ३०६ रनको बलियो लक्ष्य

नेपाल, युएई र ओमानबीचको एकदिवसिय श्रृखलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा ओमानले नेपाललाई जितको लागि ३०६ रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको योगफल बनाएको हो । ओमानको इनिङ्सका नायक कप्तान जातिन्दर सिंह बने । उनले आक्रामक शैलीमा ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रनको शानदार शतक पूरा गरे । उनले टोलीलाई मजबुत अवस्थामा पुर्‍याउँदै ठूलो स्कोरको आधार तयार पारे ।

उनीसँगै मध्यमक्रममा जितेन रमणन्दीले ४३ रन बनाए भने आर्यन बिष्ट ले ३५ रन जोडे । त्यस्तै हमाद मिर्जाले ३० रन जोड्दा आशिष ओडेदाराले २३ रन बनाए । अन्तिम ओभरहरूमा विनायक शुक्ला २३ रन थपे भने वसिम अली १२ रनमा अविजित रहे ।

नेपालका बलरहरूले सुरुवातमा दबाब बनाउन खोजे पनि बीचका ओभरहरूमा ओमानका ब्याट्सम्यान हाबी भए । बलिङतर्फ नेपालका सोमपाल कामीले ९ ओभरमा ५९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरिले समान २/२ विकेट हात पारे । ३०६ रनको लक्ष्य पछाएको नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

नेपाल, युएई र ओमानबीचको एकदिवसिय श्रृखलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई हराएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार