काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बास ले भेटवार्ता गरेका छन्।
बुधबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको भेटमा राजदूत बासले आङ्देम्बेलाई संसदीय दलको नेता चयन भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने आङ्देम्बेले धन्यवाद ज्ञापन गरेका थिए।
भेटका क्रममा नेपाल–इजरायलबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा सहकार्यका विविध पक्षबारे छलफल भएको बताइएको छ। दुवै पक्षले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक धारणा राखेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया