असोज ११, २०८३ आइतबार September 27, 2026

आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थानमाथि कोलकाताको शानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकाता विजयी भएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो। राजस्थानको यो पहिलो हार हो।

राजस्थानका टम करनले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीले जित्न सकेन। खेलमा जोस बटलरले २१ रन र राहुल टेवाटियाले १४ रन बनाए। अरु ब्याट्सम्यानहरु दोहोरो अंकको रन जोड्न असफल भएका थिए।

कोलकाताका कमलेस नगरकोटी, वरुण चक्रवर्ती र शिवम माभीले २र२ विकेट लिए। खेलमा कोलकाताको कसिलो बलिङसामु राजस्थान निरीह देखियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।

कोलकाताका लागि शुबमन गिलले ४७ रन र आन्द्रे रसेलले २४ रन जोडे। नितेश रानाले २२, सुनिल नारिनले १५ रन बनाए भने इयान मोर्गनले अविजित रहदै ३४ रन बनाएका थिए तर पाट कुमिन्सले १२ रन बनाएर आउट भए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया