मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

विश्वकप लिग २ अन्तर्गत नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

घरेलु समर्थकको साथ र नयाँ संयोजनसँगै टोलीले बलियो प्रदर्शन गर्ने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

नेपालका कप्तान रोहित पौडेल ले टस जित्दै ब्याटिङ रोजेका हुन्। घरेलु मैदानमा सुरुआती दबाब लिनु भन्दा स्कोर बोर्डमा रन राखेर खेल नियन्त्रणमा राख्ने रणनीतिअनुसार नेपालले पहिले ब्याटिङ रोजेको मानिएको छ।

यस खेलमा टोली संयोजनमा केही परिवर्तन गरिएको छ। नियमित ओपनर कुशल भुर्तेल र आसिफ शेख लाई विश्राम दिइएको छ भने उनीहरूको स्थानमा अर्जुन कुमाल र विनोद भण्डारी लाई मौका दिइएको छ। नयाँ ओपनिङ जोडीले सुरुवात कस्तो गर्छ भन्नेमा सबैको ध्यान केन्द्रित छ।

नेपालका लागि यो खेल अंक तालिकामा सुधार ल्याउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। घरेलु समर्थकको साथ र नयाँ संयोजनसँगै टोलीले बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार