जेठ ६, २०८१ आइतबार May 19, 2024

डा. केसीले तुरून्त अनशन बन्द गर्नुपर्छ, यो बेमौसमको बाजा बजाउने हो अहिले ? : डा. सुन्दरमणि दिक्षित (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अब डा. गोविन्द के.सी.को मागलाई सम्बोधन गर्ने कि नगर्ने सरकारले ?

होइन, एउटा कुरा, यो समय कस्तो छ भन्दा अहिले सारा संसार एउटै कुरामा यस्तो जोडदारले लागेको छ, सबैको मन, तन र धन त्यहाँ त्यसलाई कन्ट्रोल गर्नुपर्ने छ । त्यो महाको शत्रुले हामीलाई आक्रमण गरिरहेको छ । यस बेलामा आएर यो एम.बि.बि.एसको क्लास गर, फलानो ठाउँमा हस्पिटल बनाऊँ भन्ने समय यो हो ? मलाई भन्नुहोस् त । अहिले पैसा कहाँबाट ल्याउने, हस्पिटल बनाउन ? अहिले एम.बि.बि.एसको क्लास सुरु गर भन्ने समय हो यो ? जथाभावी अनशन गर्दै हिँड्ने, यो त अहिले हामी कोरोनासँग सबै लड्नुपर्ने बेला छ । सरकारको पनि मन, तन हुनुपर्ने, अब यिनीहरूले के गरे भनेदेखि त्यहाँ सबैको मन त्यतातिर लगाएर यत्रो महामारी छ, यसैले गर्दाखेरि चिकित्सकहरूले आन्दोलन गरिराखेका छन् । यत्रो महामारी छ, त्यहाँ गएर चिकित्सक आन्दोलनमा । यो समय हो ? बेमौसमको बाजा बजाउने हो अहिले ? यस्तो नचाहिने काम गर्नुहुन्छ ?

तर, डा. गोविन्द के.सीले अनशन बसेको आज यतिका दि भईसक्यो । उहाँको स्वास्थ्यस्थिति खस्कँदैछ । अवस्था बिग्रदैछ नि । किन नागरिक समाजका अगुवाहरूको ध्यान जाँदैन् ?

अहिले मुलुकको साराको कत्तिको स्वास्थ्य खत्तम छ, भन्नुहोस् त मलाई । कोरोनाले कति संक्रमणमा छन् ? कति मरिरहेका छन् । लाखौँको संख्यामा मान्छे पुगिसक्यो । आफ्नो एउटा ज्यानको लागि हामी के उता पनि ध्यान दिने अहिले ? सरकारले उतातिर ध्यान दिने ? यिनीहरूलाई त तत्काल रोक्नुपर्छ । अनशन रोक्नुपर्छ । आज हाम्रो अर्थतन्त्र खत्तम छ, उनले भन्नेबित्तिकै हस्पिटल बन्न सक्दैन । उनले भनेको एम.बि.बि.एस मा कसैले ध्यान नै दिन सक्दैन । तत्काल यो बन्द, नचाहिने काम गर्नुहुँदैन, आफ्नो महत्वाकांक्षा मात्रै बढाउनु हुँदैन ।

डा. गोविन्द के.सीको मागलाई अब सरकारले पूरा गर्नुपर्छ भनेर जनता सडकमा आईसके नि त ?

हेर्नुस्, सरकारले काम गरेको छैन, मलाई पनि थाहा छ । हामी जहिले पनि त्यही भन्छौँ । सरकारले गर्नुपर्ने काम जनतालाई गरेको छ कि छैन, थाहा छैन तर आजको दिनमा जुन महामारी परेको छ, आज गोविन्द केसीको मुद्दा भनेको पटक्कै अहिले नचाहिने मुद्दा हो यो । बिल्कुलै नचाहिने, उनले खाली आफ्नो महत्वाकांक्षा बढाउने गोविन्द के.सीको मुद्दा भईरहेको छ । यो बिल्कुलै गलत हो यो । तत्काल यो बन्द गर्नु र जनतालाई पनि र सरकारलाई पनि ध्यान कर्नरमा पुर्याउनतिर दिऔँ । अहिले यो गोविन्द के.सीको मुद्दामा, उनको स्वास्थ्य खराब हुने र लाखौँलाई संक्रमणको अवस्था खत्तम छ । मान्छेहरू घरघरमा मरिरहेका छन् । औषधी पाएका छैनन् । अब पि.सि.आर टेस्ट सबैलाई गर रे ! त्यो हामी पनि भनिरहेका छौँ नि, त्यो के अनशन बस्नुपर्छ ? यो त सरकारको क्षमता अनुसार हुन्छ ।

डा. गोविन्द के.सीले छ वटा माग राखेर अनशन बसिरहनुभएको छ, ती मागहरू पूरा गर्नुपर्दैन, सरकारले ?

उनले राखेको माग एउटा पि.सि.आर टेस्ट सबैको गर भनिएको छ । हामी पनि त्यही भन्दैछौँ नि । कसले त्यो भनेको छैन ? सबैले भनेका छन् । म एकदम ठुलो मान्छे, मैले अनशन बसेपछि सरकारले भनेको टेर्ने ? उनले भन्नेभन्दा पनि हामीले पनि भनिरहेका छौँ, त्यो कुरा । कहिलेदेखि हामी भनिरहेका छौँ ? तर मुख्य कुरा के भनेदेखि अहिले उनको अनशन भनेकै मिडियाको ध्यान पनि नचाहिनेतिर गईराखेको छ । अर्कोतिर पुलिस विचाराहरूले यीनको अनशनको पछि लागेर पुलिसहरूले सोसियल डिस्टान्स नै राख्नुपर्ने छ, पुलिसले राख्न सकेको छैन, उनको आन्दोलनकारीहरूले गर्दाखेरि । अब यस्तो अहिलेको समयमा यसरी भीडभाड गर्ने हो ? हाम्रो यो विचारा पुलिस र सुरक्षाकर्मीहरू त सा¥है खतरामा परिसके र उनका समर्थक पनि अहिले कोरोनासँग लड्ने, डाक्टरी कुरा हो भनेदेखि हेर्नुस् ऋषिजी, डाक्टरीमा सबैभन्दा पहिले हाम्रो ट्रायज भन्ने छ । यो भनेको सबैभन्दा सिकिस्त मुख्य कुरालाई आक्रमण गर्ने पहिले, त्यसपछि अर्को, त्यसलाई ट्रायज भनिन्छ । विरामी आउँदाखेरि को विरामी सिकिस्त, कसलाई अलि कम लाग्छ ? आजको दिनमा कोरोना इज नम्बर वन । त्यसलाई छोडेर हामी कतै पनि लाग्न सक्दैनौँ । दशैँ आयो त हामी दशैँमा लाग्न सकिरहेका छैनौँ । यो के अनर्थ हो ? गोविन्द केसीले तत्काल माग बन्द गर्नुहोस् । यो नचाहिने काम गर्न हुँदैन । सरकारलाई आफ्नो ध्यान ठिक ठाउँमा पु¥याउन दिऔँ । अब अहिले आज देखिहाल्नुभयो, ट्रमा सेन्टर कुन चाहीँ नर्सले होहल्ला मच्चाएको, गोविन्द के.सीको लागि भनेर । यस्तो नचाहिने काम गर्न हुन्छ ? यो मुलुक आज कतापट्टि गएको छ ? गोविन्द के.सीले बुझ्दैनन् । खाली आफ्नो महत्वाकांक्षा, मैले अरू पनि अनशन बस्न थाले, अरूले पनि महत्व प्राप्त गर्न थाले ।

होइन धेरैको प्रतिक्रिया आएको छ, बुद्धिजीविहरूको, डाक्टरहरूको, डा. केदारभक्त माथेमाले त के भन्नुभएको छ भन्दाखेरि डा. गोविन्द के.सीले चन्द्रमा मागिरहनुभएको छैन, उहाँको माग पूरा गरिदिनुहोस् भनेर ?

चन्द्रमा मागेको छैन । उहाँलाई थाहा छ कि छैन, अहिले मुलुकको ? अहिले मुलुकको अवस्थातिर लाग्ने कि गोविन्द के.सीको एम.बि.बि.एसको क्लास चलाऊ र कर्णाली प्रदेशमा एम.बि.बि.एस क्लास छ भने त्यतातिर लाग्ने कि कोरोनातिर लाग्ने ? कस्तो अचम्म कुरा ! कहाँको यत्रो महामारीको समस्यामा परिराखेको छ, महामारी छ, मुलुक अहिले डुब्ने अवस्थामा परिराखेको छ । गोविन्द के.सीको माग अहिले एम.बि.बि.एसको क्लास चलाऊ भन्ने ? यो के नचाहिने कुरा हो यो ? यसमा मान्छे पछि लाग्नु, मिडिया पछि लाग्नु, म छक्क परेको छु । गोविन्द के.सीले तत्काल माग बन्द गरौँ । हो, कोरोना सिद्धिएपछि हामी उनको माग विचार गरौँला । यो अहिले कोरोनाको संक्रमणको बेलामा यत्रो महामारीमा मुलुक, हेर्नुस्, मान्छेहरू हिँडडुल गर्न सकेका छैनन् । मान्छे लकडाउनमा बसिराखेका छन् । कुन बेलामा कुन मान्छेलाई संक्रमण हुने हो ? थाहा छैन । औषधी आएको छैन, भ्याक्सिन आएको छैन । यत्रो ठुलो महामारी छ, संसारभरि परेको बेलामा, गोविन्द के.सीले उठाउँछन्, कस्ता मुद्दा भने, एम.बि.बि.एस चलाऊ भन्ने ? यस्तो पनि कही हो ? सम्बन्धित बुद्धिजीविहरू, यस्ता मान्छेहरू खाली आफ्नो नाम अगाडि ल्याएर गोविन्द के.सीको पछि आफ्नो नाम ल्याउने ?

होइन जनताले भन्न थाले नि गोविन्द के.सी भनेको भगवान हो । हाम्रो देशमा स्वास्थ्य र चिकित्सा शिक्षामा आमूल परिवर्तनको लागि उहाँले खेलेको भूमिका कसैले बिर्सनुहुँदैन ?

कुन आमूल परिवर्तन भयो ? भन्नुहोस् त । गोविन्द के.सीले आफुले पहिले टिचिङ्ग हस्पिटलमा सबैभन्दा पहिले अनशन बस्दाखेरि मैले के भनेँ भनेदेखि यस्तो प्राविधिक कुरामा, एकाडेमिक कुरामा, सुरुसुरुमा उनले खाली डिनको कुरा गरेका थिए, एम.बि.बि.एसको कुरा गरेका थिए । उनले यो स्कुल, कलेज, हस्पिटलहरूको कुरा गरेका थिए । मैले पनि यस्तो कुरा प्राविधिक कुरा, वैज्ञानिक कुरा, यो अनशन बसेर एउटा मान्छेले गर्ने होइन । यो त मान्छे टेबलमा बसेर मान्छे कतिजना विज्ञ बसेर यो कुरा तथ्यांकको आधारमा, सत्यतथ्यको आधारमा, कति अर्थतन्त्र छ, त्यसको आधारमा गर्नुपर्ने कुरा, अब एउटा मान्छे अनशन बस्दैमा त्यो पनि टिचिङ्ग हस्पिटलमा सारा अस्तव्यस्त गरेर विरामीले औषधी उपचार नै नपाउने अवस्थामा गएर उनी सुतेर बस्थे । उनी अप्रेशन गर्ने समयमा सुतेर बस्ने ? उनले ओ.पि.डि हेर्ने बेलामा ऊ सुतेर बस्ने ? विद्यार्थीहरूलाई पढाउनुपर्ने समयमा ऊ सुतेर बस्ने ? खाली लम्पसार परेर सुतेर बसेर अनशन गर्दैमा कुन स्वास्थ्य जनताको माथि उठ्न सक्छ ? मलाई भन्नुहोस् त । यो के हो यो ? मैले बुझ्न सकेको छैन । त्यो त भईगयो, सिद्धियो । अहिले आएर यत्रो महामारीको बेलामा सारा संसारमा गोविन्द के.सीको मुद्दा ! किनभने उहाँको अहिले महत्वाकांक्षा छ ।

होइन, विगतमा सहमति भईसकेको कुरा त पूरा गर्नुपर्छ नि त, सरकारले ?

सरकारले गर्ला । तर यो त महामारीको सम्झौता, अहिले पूरा गर्न सरकारले नसके पनि म त्यसलाई केही ठुलो कुरा मान्दिनँ के । अहिले सरकारको ध्यान त्यहाँ जान सक्दैन ऋषिजी ।

त्यसो भए अहिले डा. गोविन्द के.सीले अनशन तोड्नुपर्छ भन्ने पक्षमा डा. सुन्दरमणि दिक्षित हुनुहुन्छ, हो ?

गर्नै नहुने अनशन त तोड्नैप¥यो नि । कस्तो हो यो कुरा ? आज सरकारले भनोस् न, उसले पहिले म हस्पिटल बनाउँछु भनेको भएदेखि आज उसले त्यो पैसा त्यहाँ हाल्न सक्छ ? सारा सांसदको पैसा त हामीले आज कटौती गर्दैछौँ । सारा हाम्रो यो प्रगतिको पैसा जति छ, यो ठाउँको यो÷यो भनेर, अहिले जुन पैसा छ, सबै कर्नरतिर लगाउँदैछौँ । गोविन्द के.सीसँग संक्रमण अगाडि गरेको कुरा यो हस्पिटल म यहाँ बनाउँछु, अहिले गर्न सकिएला ? पैसा नै छैन नि । कहाँबाट गर्ने ? अहिले गर्नै नहुने अनशन गरे । त्यो त महाभूल हो त्यो ।

सरकारले चाह्यो भने जे पनि गर्न सक्छ नि ?

कसरी गर्न सक्छ ?

डा. केसीका मागलाई सम्बोधन गर्न सक्छ नि ?

के सम्बोधन गर्ने ? भन्नुहोस् न ।

आज डा. गोविन्द के.सीको जीवनरक्षा नगर्ने ? उहाँलाई नबचाउने ?

अहिले पाटनमा भएको विरामीहरूको जीवनरक्षा गरुँ कि गोविन्द के.सीको जीवनरक्षा गरुँ ? सरकारले पनि मुलुकभरिको मान्छेको रक्षा गर्ने कि मान्छे भोकभोकै बसिराखेका छन् । यिनले त जानी जानी आफैले अनशन बसिरहेका छन् । यहाँ त मान्छे खान नपाएर मरिरहेका छन् । लाखौँको संख्यामा मान्छे मरिरहेका छन् । काम गर्न पाएका छैनन्, पैसा छैन । इकोनोमी डाउन छ । टुँडिखेलमा मान्छेहरूलाई खुवाईरहेका छन् । खान नपाएर मान्छे देऊ बाबा देऊ भन्ने एकातिर, अर्को खान पाएको मान्छे, म खान्न भनेर चुप लागेर बस्छ भने सरकार जवाफदेही हुँदैन । यो पनि कहि चलन हो ? आजको दिनमा यो सुहाएन । सुहाएन मात्र होइन, आज मेडिकल डाक्टरको नाताले भन्छु, ट्रायज गर्न सिक्नुपर्छ, गोविन्द के.सीले । अहिले मुलुकको लागि कुन महत्वपूर्ण छ, त्यो गरौँ । अहिलेको अवस्थामा यो अनशन बिल्कुलै बेकम्माको हो । यसलाई गर्नै नहुने थियो । खान नपाएको मान्छेहरूको विचार गर्नुहोस् । मान्छे अरू कति मरेको छन्, त्यो विचार गरौँ । हामी सबैको ध्यान त्यत्रो संख्यालाई छोडेर खाली गोविन्द के.सी भनेर सरकार पनि जान सक्दैन । हामी पनि जान हुँदैन ।

तपाईँ डा. गोविन्द के.सीको विरोधमा हुनुहुन्छ तर जनता उहाँको समर्थनमा छन् । जनता सडकमा छन् । जनताले डा. गोविन्द केसीलाई साथ दिएका छन् । उहाँको कारणले गर्दाखेरि स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भयो, चमात्कार भयो भनेर भनेका छन् नि ?

अठार चोटी अनशन !

उहाँ १९ पटक अनशन बस्नुभयो नि ?

ल भईगयो । यसमा उनले अर्कै विचार गर्नुपथ्र्यो । उनको कतिओटा माग पूरा भयो ? कुनै पनि मेडिकल कलेजले उनलाई भनेको छैन, बन्द गर्ने, बन्द भयो त ? कुनै पनि माफियाको कन्ट्रोल भयो त ? अठारचोटि गरेपछि बुझ्नुपर्छ नि । उनको अनशनले गर्दाखेरि विरामीहरूले औषधी उपचार पाएनन् । कति हस्पिटलबाट फर्किनुपरेको थियो । नेपाल मेडिकल एशोसियसनले कतिओटा हस्पिटल बन्द गरे ? देशव्यापी बन्द गरेर इमरजेन्सीमा कति लाखौँ विरामीले उपचार गर्न पाएनन् । अठारचोटि हुँदाखेरि त्यसको कसैले लेखाजोखा गरेको छ ? त्यो कुरामा कसैले लेखाजोखा गर्नुपर्ने कि नपर्ने ? अनि सबैजना गोविन्द के.सीलाई बचाऊ । उनको कारणले कति मान्छे मरिरहेका छन् । विचार गर्नुपथ्र्यो कि पर्ने थिएन ? हेर्नुस्, यो ठिक भएन । अहिलेको समयमा आएर संक्रमण बढिरहेको छ, आइसोलेसनमा बसिरहेका छन्, मान्छेहरू । मान्छेको मनमा कस्तो अहिले अन्यौल परिरहेको छ ? यस्तो बेलामा यो बेमौसमको बाजा बजाउने काम थिएन । उनको अहिले कुनै पनि कुरामा अहिले सरकारले ध्यान दिन सक्दैन । सरकार, हाम्रो, मिडियाको ध्यान अहिले जानुुपर्छ, कोरोनातिर । त्यो भनेको सबैभन्दा मूल कारण हो । जनताको समर्थन त के छ ? कुनै पनि सानातिना पार्टीले हाम्रो समर्थनमा आऊँ भनेदेखि पाँचदेखि बीसजना निस्कन्छन् । त्यो कुनै ठुलो कुरा छैन । जनताको समर्थन नभन्नुहोस् यहाँ । अहिले बुद्धिजीविले बुझ्नुपर्छ कि आजको काम बुद्धि हेरेर ग¥यौँ भनेदेखि कतापट्टि बढि महत्वपूर्ण छ ? कोरोना महत्वपूर्ण छ कि गोविन्द के.सी महत्वपूर्ण छ, उनको अनशनको माग महत्वपूर्ण छ ?

डा. गोविन्द के.सीको मागमा तपाईँको प्रस्ट रूपमा विचार के हो त ?

तुरुन्त बन्द गर्नुपर्छ, यो अनशन ।

तर हाम्रो देशको कुरा गर्छु म, सिमा विवादको कुरा गर्छु म । हुम्लामा मागियो विज्ञ टोली ? त्यहाँका जनता, विभिन्न राजनीतिक दलहरूले भने, नेपाल–चीनबीचको सिमानामा जुन समस्या देखियो नि त, हुम्लामा, तपाईँलाई के लाग्छ ?

मलाई के लाग्छ भने त्यहाँ सिमानाविवाद पक्कै छ । जनताले त्यहाँ त्यो कुरा बुझिसकेका छन् । आज मात्र होइन पाँच÷छ महिना अगाडिदेखि जनताले त्यो बुझेका थिए । मैले त्यसमा भनेको थिएँ । अब यो सिमामा डेफिनेटली विवाद छ, हेर्नुस् । तर यो सरकार यस्तो सरकार भएको छ कि उसले अहिले चीनले गरेको यति पनि खराबी देख्न सक्दैन । हामी चीनसँग सम्बन्ध राम्रो राख्न चाहन्छौँ । तर त्यो भन्दैमा चीनले जे पनि गरे हामी यो ठिक छ, केही भएको छैन भनेर हुँदैन । प्रदिप ज्ञवालीले जुन अस्ति वक्तव्य दिनुभयो, त्यो बिल्कुल नचाहिने कुरा हो त्यो । उनले केश स्टडी गर्नुपर्छ । मान्छे पठाउनुपर्छ, हेर्नुपर्छ । त्यहाँका विज्ञ, लोकलले भनिसकेपछि चीनले अतिक्रमण गरेर लिएको छ भनेर भनेका छन् । त्यसलाई सरकारले ध्यान देओस् । म कम्युनिष्ट हुँ, चीनलाई हामीले समर्थन दिनुपर्छ, हाम्रो नीति सबै चीनतर्फ ढल्केको छ, भन्दैमा हुँदैन ।

होइन परराष्ट्र मन्त्रीले भन्नुभयो, कुनै सिमा विवाद छैन, चीनसँग । चीनले एक ईञ्च पनि भू-भाग, नेपालको मिचेको छैन भनेर प्रदिप ज्ञवालीले भन्नुभयो, मसँगै नेपाली बहसमा अन्तर्वार्तामा भन्नुभयो तर अहिले सिमा मिचिएको भनेर बहस सुरु भएको छ । तपाईं के भन्नुहुन्छ ? 

त्यो रबिस कुरा हो त्यो । प्रदिप ज्ञवालीले राम्रोसँग बुझुन् । चार/पाँच महिना अगाडि पनि अर्को ठाउँमा मिचेको भए पनि बाबुराम भट्टराईको समयमा चीनले त्यो जुन पहिलेबाट मैले भनेको थिएँ, बाबुराम भट्टराईको समयमा चीनले नेपालबाट मान्छे त पठाऊ, ठेन्डुमा पठाऊ, हामी यो कुरा टेबुलमा बसेर छलफल गर्छौँ भनेका थिए । अर्को ठाउँको सिमानाको कुरा उठ्दाखेरि, त्यसमा बाबुराम भट्टराईका सरकारले मान्छे पठाएन । किन पठाएन ? उनी नै जानुन् । चीनलाई थाहा छ कि विवाद छ तर हाम्रो अहिलेको सरकार कस्तो छ भने चीनले गरेको यति पनि कुरा खराब देख्न नचाहने ? उनी आँखा बन्द गरेर ओहो ! चीनको समर्थनमा ? भारतले त्यो कुरा यति गरेको भएदेखि होहल्ला मच्चिन्थ्यो यहाँ । यो पूरा चीनप्रस्त सरकार छ तर विज्ञहरूले भनेको छन्, लोकल मान्छेले भनेका छन् । त्यो टेर्न पर्छ । चीनले पनि स्वीकारेको छ कि हाम्रो ठाउँ ठाउँमा गडबडी भएको छ । आऊ त, मान्छे टोली पठाऊ भन्दाखेरि हाम्रो नेपालले पठाएन । त्यो हाम्रो कमी कमजोरी हो । तर सोझै प्रदिप ज्ञवालीले छँदै छैन भन्नु यो खाली उनको कम्युनिष्टको नीति हो । अहिलेको सरकारको नीति हो । त्यो बिल्कुलै गलत नीति हो । यसरी चीनलाई खुशी पार्छु भनेर भन्नुपर्दैन । चीनले यस्ता कुरामा खुशी हुने कुरा होइन । चीनसँग मित्रता राम्रो राख्नुपर्छ तर यसो भन्दैमा उसले जे गर्दा पनि हामीले ओहो ! ठिक छ भन्न चाहन्छ भने त्यसमा चीन एकदम खुशी हुन्छ । हाम्रो भ                                                                                                गवान भनेर सोच्नैपर्दैन । चीनको नीति भनेको भिन्दै हुन्छ । चीन राम्रो मित्र हो, राम्रो मित्रता कायम राख्नुस् तर यसरी झुकेर एकदमै लम्पसार पर्नु पर्दैन ।

मन्त्रीमण्डल पुनर्गठनको चर्चा सुरु भएको छ । अब कसलाई मन्त्री बनाउने ? कस्ता व्यक्तिलाई बनाउने ?

मलाई थाहा छैन ऋषिजी । म कसरी भनौँ ? तर यसो हेर्दाखेरि कहि न कहि राम्रै मान्छे आउनुपर्छ । दाग नलागेका मान्छेहरू, अब हामीले भन्ने त्यही त हो नि । दाग नलागेको मान्छे, राम्रो काम गरेका मान्छे, जनताको लागि काम गरेका मान्छे, अब म कसरी भनौँ ? अब घिसिङ्ग जस्तालाई त निकालिदिए भनेदेखि घिसिङ्ग जस्तो एउटा प्राविधिक मान्छे, राम्रो काम गरेका मान्छेलाई त राख्न सकेनन् भनेदेखि यो अहिले परिवर्तन गर्दाखेरि असल मन्त्री ल्याउला अथवा जनताको लागि काम गर्ने, भ्रष्ट्राचार नगर्ने व्यक्ति ल्याउला भनेर म कसरी भनौँ ? हाम्रो चाहना त्यही हो । हामी यति भन्छौँ, कुलमान घिसिङ्ग जस्तो र त्यसबेलाको जनार्दन शर्मा जस्ता, त्यस्ता मान्छेहरू तिमी ल्याऊ । कुलमान घिसिङ्ग एउटा प्रतीक बनेका छन् । उनीजस्ता मान्छे ल्याईदेऊ, मन्त्रीमण्डलमा । त्यो हो भने हामी खुशी हुन्छौँ । तर उनीजस्ता मान्छे तिमी के ल्याउन सक्थ्यौँ ? तिमीहरूलाई आफ्नो–आफ्नो दुनो सोझ्याउनुछ । त्यसैले हाम्रो चाहना कुलमान घिसिङ्ग जस्तो मन्त्री ल्याऊदेऊ, हामीलाई ल ।

निजी अस्पतालले घटाएनन्, पि.सि.आर शुल्क ? किन दोब्बर, तेब्बर लिईरहेका छन् ?

हेर्नुुुुस्, यो किनभने अहिले देखिहाल्नुभयो, कत्रो भ्रष्ट्राचार भईरहेको छ, यो कोरोनाको नाममा । हामी नेपाली गजबका रहेछौँ । मुर्दाबाट पनि पैसा उठाउने गर्दा रहेछौँ । भनेको मतलब यो जस्तो पाप, यो जस्तो खराब काम के हुनसक्छ ? भन्नुहोस् मलाई । यो त इन्ह्युमन कुरा हो त्यो । अहिले कोरोनामा पनि पैसा त्यसरी लिन खोज्नु, यो त अचम्म कुरा भयो के । त्यसैले हो, लिईरहेका छन्, त्यस्तोमा सरकारले असाध्यै कडाईको साथमा तिनीहरूलाई दण्ड दिनुपर्छ तर त्यहाँ भागबण्डा कहाँदेखि कहाँसम्म पुगेको हुन्छ, हेर्नुस् । खाली हस्पिटल लिदैँमा, हस्पिटल मात्र लिएको होइन त्यो, कहाँसम्म पुगेको हुन्छ, त्यो भ्रष्ट्राचारको पैसा ? माथिसम्मै पुगेको हुन्छ । कोही कारबाही गर्दैनन् । नेपालमा कसैले दण्ड पाएको छ ? गोकुल बाँस्कोटाले दण्ड पाए ? हाम्रो त्यो अख्तियार दुरूपयोग आयोगका मान्छे आरामसँग गए, उनले कुनै दण्ड पाए, यत्रो भ्रष्ट्राचार हुँदोखेरि ? कसैले दण्ड पाउँदैन यहाँ । त्यसैले यो पाप हो, महापाप हो । यी पापीहरूलाई भगवानवले त दण्ड देला, हामीले नदिए पनि । यो अति अन्यायको कुरा हो । कोरोनाको टाइममा पनि यसरी मान्छेको खेलबाड गर्नु यो त कस्तो भन्दाखेरि कोरोनाको टाइममा आएर यस्तो भएको यो महापाप हो । यो घृणित कुरा हो ।  रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया