श्रावण ३०, २०८३ शनिबार August 15, 2026

कर्णालीको समृद्धिका लागि एकताबद्ध हुनुपर्छ: प्रदेश प्रमुख जोशी

प्रदेशको समृद्धिका लागि बजेट खर्च क्षमता विकास गरिनुपर्ने र त्यसमा सरकार र जनप्रतिनिधि गम्भीर बन्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काँक्रेविहार (सुर्खेत), १९ वैशाख: कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको समृद्धिका लागि सुबै एकजुट हुनुपर्ने बताउनुभएको छ । आज यहाँ वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली युवा महोत्सव’ दोस्रो संस्करणको उद्घाटन समारोहमा उहाँले प्रदेशको समृद्धिका लागि बजेट खर्च क्षमता विकास गरिनुपर्ने र त्यसमा सरकार र जनप्रतिनिधि गम्भीर बन्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख जोशीले भन्नुभयो, “खर्च क्षमता नबढाउनु र हरेक वर्ष बजेट फ्रिज हुनु विकास रोकिनु हो । यसलाई सदुपयोग गर्दै कर्णालीको समृद्धिमा लगाउन सरकार र जनप्रतिनिधि एकताबद्ध हुनुपर्छ ।”

कर्णालीमा विकास नै नभएको भन्ने तर्कसँग आफू सहमत नरहेको भन्दै उहाँले विकासको गति बढाउन भने आवश्यक रहेको धारणा राख्नुभयो । “विकास नभएको होइन, भइरहेकै छ, तर समृद्ध र सुखी कर्णालीका लागि विकासका केही ढोकाहरू बन्द छन्, ती ढोका खोल्न र गति बढाउन आवश्यक छ । यसका अब युवाको साझा आवाज उठ्नुपर्छ”, प्रदेश प्रमुख जोशीले भन्नुभयो ।

उहाँले युवालाई स्वदेशमै राख्न सक्ने क्षमता कर्णालीसँग रहेकाले त्यसको पहिचान गरी सही उपयोग गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ युवाहरूलाई विशेषगरी कृषिमा आकर्षित गर्नुपर्छ । यहाँको सबैभन्दा बढी सम्भावना रहेको स्याउ र सुन्तला खेतीमा युवाहरूलाई जोड्न लाग्नुपर्छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाललाई युरोपेली सङ्घको एयर सेफ्टी लिस्टबाट हटाउन पहल गरौँ’ : सभामुख अर्याल
२०८३ श्रावण ३०, शनिबार
यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
२०८३ श्रावण ३०, शनिबार
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
२०८३ श्रावण ३०, शनिबार
पहिरो प्रभावित बस्ती सार्न सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ श्रावण ३०, शनिबार
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
२०८३ श्रावण ३०, शनिबार
अन्डर–१७ फुटबलको उपाधि बुढासुब्बा युथ क्लबलाई
२०८३ श्रावण ३०, शनिबार