मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

लिग–२ मा आज ओमान र यूएई भिड्दै, अंक तालिकामा सुधारको लक्ष्य

एकदिवसीय क्रिकेटमा ओमान र यूएईबीच हालसम्म १० पटक प्रतिस्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ को सिरिज अन्तर्गत आज ओमान र यूएईबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजेदेखि सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यसहित मैदान उत्रँदैछन्।

जारी सिरिजमा ओमानले दुई खेल खेल्दा एक जित र एक हार बेहोरेको छ। यता यूएईले नेपालसँगका दुवै खेल गुमाए पनि ओमानलाई भने पराजित गरिसकेको छ, जसले आजको खेललाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

अंक तालिकामा ओमान २६ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा रहेको छ भने यूएई २३ खेलबाट १२ अंकसहित पुछारमा छ। त्यसैले दुवै टोलीका लागि यो खेल महत्वपूर्ण मानिएको छ।

इतिहास हेर्दा एकदिवसीय क्रिकेटमा ओमान र यूएईबीच हालसम्म १० पटक प्रतिस्पर्धा भएको छ, जसमा ओमानले ६ खेल जितेको छ भने यूएईले ३ खेल आफ्नो पक्षमा पारेको छ। एक खेल बराबरीमा सकिएको छ, जसले ओमानको मनोबल केही बलियो देखिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार