बैसाख २१, २०८३ सोमबार May 4, 2026

स्पेनिस ला लिगा : भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

जितपछि रियल म्याड्रिडको ३४ खेलमा ७७ अंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पेनियोललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पोनियोललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले दुवै गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडको ३४ खेलमा ७७ अंक भएको छ र शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ११ अंकले पछाडी रहदै दोस्रो स्थानमा रहेको छ ।

बार्सिलोनाले भने लिगको उपाधि जित्ने नजिक रहेको छ । अब लिगका तीन खेल बाँकी रहदा बार्सिलोना भने लिगको उपाधि जित्न एक जित टाढा रहेको छ ।

त्यसैगरी इस्पोनियोलको भने ३४ खेलमा ३९ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया