श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्ने महानिरीक्षक पौडेलको प्रतिबद्धता

राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति र सुशासन कायम गर्ने तथा जनताको जीउधनको रक्षा गर्ने महत्वपूर्ण दायित्व रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संविधान, कानुन र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृहसचिव राजकुमार श्रेष्ठबाट दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक पौडेलले इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो जिम्मेवारी केवल नेतृत्वमा सीमित नभई राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति र सुशासन कायम गर्ने तथा जनताको जीउधनको रक्षा गर्ने महत्वपूर्ण दायित्व रहेको बताएका हुन् ।

उनले आफ्नो कार्यकालमा सीमा सुरक्षा सुदृढीकरण, संगठनको नीतिगत तथा संरचनागत सुधार र आधुनिकीकरणमा जोड दिने योजना रहेको बताए । साथै मानव संसाधन विकास, प्रविधिको प्रयोग र परिणाममुखी कार्यशैलीमार्फत सुशासन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका थिए ।

महानिरीक्षक पौडेलले सरकारको सय बुँदे सुधार योजनाअनुसार सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउने तथा आवश्यक कानुनी व्यवस्था, स्रोतसाधन र मार्गदर्शनका लागि सरकारसँग सहयोग अपेक्षा गरिएको बताए ।

समारोहमा प्रहरी महानिरीक्षक, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका सहसचिव तथा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार