बैसाख २१, २०८३ सोमबार May 4, 2026

प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन

आगामी मनसुनजन्य विपद्मा समेत सशस्त्र प्रहरी बल नेपाल पूर्वतयारीका साथ उद्धार, व्यवस्थापन तथा राहत कार्यमा जुट्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २१ वैशाखः गृहसचिव राजकुमार श्रेष्ठले सङ्गठनभित्र पेसागत दक्षता, क्षमतालाई अभिवृद्धि गर्दै सरुवा, बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउनका लागि अग्रसर रहन निर्देशन दिनुभएको छ ।

मन्त्रिपरिषद्को यही वैशाख १४ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका नारायणदत्त पौडेललाई आज मन्त्रालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्नबाट सु–शोभित गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

गृहसचिव श्रेष्ठले सङ्गठन सरुवा प्रणाली र वृत्तिविकास दुवैलाई प्रभावकारी रुपमा व्यवस्थित गरिएमा असन्तुष्टि र गुनासो कम हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सशस्त्र प्रहरी बल नेपालले कार्यक्षेत्रमा सीमित स्रोतसाधनको बाबजुद उत्कृष्ट नतिजा आउने गरी कार्यसम्पादन गर्दै आइरहेको उल्लेख गर्नुभयो । गृहसचिव श्रेष्ठले आगामी मनसुनजन्य विपद्मा समेत सशस्त्र प्रहरी बल नेपाल पूर्वतयारीका साथ उद्धार, व्यवस्थापन तथा राहत कार्यमा जुट्न निर्देशन दिनुभयो ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संविधान, कानुन, राष्ट्रिय हित, सङ्गठनको मर्यादा र जनअपेक्षालाई केन्द्रमा राख्दै इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ सङ्कल्पका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सबलीकरण गर्दै सङ्गठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढीकरण गर्न रणनीतिक कार्ययोजना तयार गरेको उल्लेख गर्नुभयो । उहाँले सो कार्यान्वयनका लागि नेपाल सरकार तथा गृहमन्त्रालयबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले नेपाल सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार योजना अनुसारको कार्यहरुको योजना तयार गरी सङ्गठनले प्रदान गर्ने सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने बताउनुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका सहसचिवलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
२०८३ बैसाख २१, सोमबार
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
२०८३ बैसाख २१, सोमबार
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
२०८३ बैसाख २१, सोमबार
आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री डा. वाग्ले
२०८३ बैसाख २१, सोमबार
चट्याङ लागेर नैना बुढाको निधन
२०८३ बैसाख २१, सोमबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु
२०८३ बैसाख २१, सोमबार
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
२०८३ बैसाख २१, सोमबार