बैसाख २१, २०८३ सोमबार May 4, 2026

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल

अझ प्रभावकारी विपद् प्रतिकार्यको पर्यायका रूपमा सशस्त्र प्रहरीलाई स्थापित गरिने दृढता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २१ गते । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो, आधुनिक, उत्तरदायी, प्रविधीमैत्री र परिणाममुखी सुरक्षा संस्थाका रूपमा विकास गरिने बताउनुभएको छ ।
महानिरीक्षकको दज्र्यानी चिह्नबाट शुशोभित भएपछि सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आज पदवाहालीका क्रममा सकल दर्जालाई सम्बोधन गर्दै उहाँले गैरव्यावसायिक आचरण, भ्रष्टाचारजन्य क्रियाकलाप तथा बाह्य प्रभावप्रति शून्य सहनशीलताको नीतिलाई न्यूनतम सर्तका रूपमा कार्यान्वयन गरिने बताउनुभयो ।
महानिरीक्षक पौडेलले अनुशासन, ‘चेन अफ कमाण्ड’ र संस्थागत निष्ठा नै सङ्गठनको आधारशीला रहेको उल्लेख गर्दै साङ्गठनिक हित र व्यावसायिकतामा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । सशस्त्र प्रहरी ऐन तथा नियमावलीको समयसापेक्ष परिमार्जनको प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सङ्गठनको आधुनिकीकरण एवं आवश्यक स्रोतसाधनको उपलब्धताका लागि पहल गरिने बताउनुभयो ।
महानिरीक्षक पौडेलले भन्नुभयो, “सङ्गठनलाई आधुनिक, सक्षम र भविष्यमा आइपर्ने चुनौतीको सामना गर्न तयार बनाउने दिशामा केन्द्रित भई तालिम प्रणालीलाई समयसापेक्ष, व्यावहारिक र प्रविधिमैत्री बनाइ ज्ञान मात्र नभई सीप र नेतृत्व क्षमता विकासमा समेत जोड दिइनेछ ।”
उहाँले कार्यगत क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई संस्थागत रूपमा विस्तार गर्दै दङ्गा व्यवस्थापन, आन्तरिक सुरक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा आधुनिक उपकरण, क्षमताको विकास तथा द्रुत प्रतिक्रिया संयन्त्रलाई सुदृढ बनाइने बताउनुभयो । “सीमा सुरक्षालगायत प्रमुख जिम्मेवारीलाई बिओपीहरूको विस्तारसहित रणनीतिक परिचालन, अत्याधुनिक स्रोतसाधनको व्यवस्थापनमा जोड दिइने छ ।  प्रविधिमैत्री सीमा निगरानी एवं ‘डिजिटल बोर्डर’ अवधारणाअनुसार सीमावर्ती नाकामा आवतजावतलाई सहजीकरण गर्दै आपराधिक क्रियाकलाप निस्तेज पारिनेछ”, महानिरीक्षक पौडेलले भन्नुभयो ।
उहाँले बाढी, पहिरो, भूकम्प, हिमपहिरो तथा दुर्गम क्षेत्रमा हुने उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन अत्याधुनिक उपकरण, विशेष तालिम, उच्च पर्वतीय उद्धार क्षमता र समुदायमा आधारित स्वयंसेवक तालिम तथा पूर्वतयारी प्रणालीलाई विस्तार गरी अझ प्रभावकारी विपद् प्रतिकार्यको पर्यायका रूपमा सशस्त्र प्रहरीलाई स्थापित गरिने दृढता व्यक्त गर्नुभयो ।
पदवहालीका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले हल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा ‘रिथ’ अर्पण गर्नुभएको थियो । त्यसअघि उहाँको सम्मानमा सम्मान गारद टोलीले सलामी अर्पण गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार