बैसाख २२, २०८३ मंगलबार May 5, 2026

क्यानद्वारा टिकटको नयाँ मूल्य सार्वजनिक

५० ओभरको खेलमा दर्शक नआएपछि क्यानले आधा घटायो टिकटको मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल, युनाइटेड अरब इमिरेट्स (युएई) र ओमान सम्मिलित आइसिसी विश्वकप क्रिकेट लिग २ को सिरिजमा दर्शक नआएपछि नेपाल क्रिकेट संघ (क्यान)ले टिकट मूल्य घटाएको छ ।

जारी सिरिजमा क्यानले प्रतिखेलको टिकट मूल्य ४०० रुपैयाँ राखेको थियो । तर, ५० ओभरको खेलमा दर्शक नआएपछि क्यानले सोमबार टिकट मूल्य आधा घटाउँदै २०० रुपैयाँमा झारेको हो ।

क्यानका अनुसार घटेको मूल्य मङ्गलवार हुने नेपाल र ओमानबिचको खेलदेखि नै लागु हुनेछ । यस्तै, १२ मेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिजमा पनि यही मूल्य कायम हुने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया