असार २२, २०८२ आइतबार July 6, 2025

पैसाबाट पनि कोरोना सर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कोरोना भाइरस मानिसको शरीरभित्र बाहेक सतहमा पनि केही समय जीवित रहने हुनाले भाइरस रहेको वस्तु तथा पैसाबाट पनि सर्ने चिकित्सकले जनाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको भिडियामो डा. कृष्णा मल्ल वैद्यले कोरोना संक्रमित व्यक्तिले चलाएको पैसामा पनि कोरोना हुने भएकोले पैसा चलाएपछि साबुनपानीले हात धुने या राम्रोसित सेनिटाइजरको प्रयोग गर्न सुझाएकी छिन् ।

अहिलेसम्मकै उच्च संक्रमण

नेपालमा नयाँ संक्रमित सख्या अहिलेसम्मकै उच्च देखिएको छ। बिहीबार एकैदिन १९ सय ११ जना संक्रमित थपिएका छन्। नयाँ संक्रमितमा ६ सय २८ महिला र १२ सय ८३ जना पुरुष छन्। थपसहित ७९ हजार ७ सय २८ जना संक्रमित भइसकेका छन्।

संक्रमित हुनेमा काठमाडौं उपत्यकामा मात्रै ९ सय ४३ जना छन्। त्यसमा काठमाडौंमा जिल्लामा मात्र ८ सय १७ जना छन्। उपत्यकाबाहिरका मुख्य सहरहरुमा पनि फैलिने क्रम बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुर्खेत, मोरङ, नवलपरासी, चितवनलगायतका जिल्लामा संक्रमण दर बढ्दो छ। कुल संक्रमितमध्ये हालसम्म ५७ हजार ३ सय ८९ पुगेको छ। यो हिसाबले कुल संक्रमितको ७२।९ प्रतिशत मात्र निको भएका छन्।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० पुगेको छ। तीमध्येमा ११ हजार ६९ जना होम आइसोलेसन र १० हजार ७ सय ६१ जना संस्थागत आइसोलेसनमा छन्। जटिल समस्या भएका २ सय जनाको आइसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

गत २४ घण्टामा १२ हजार ४ सय ४४ वटा नमुना परीक्षण भएको छ भने कुल परीक्षण संख्या १० लाख ३३ हजार ९ सय ४७ पुगेको छ। दैनिक कोरोना संक्रमण र मृत्युदरमा वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम स्थानका हरेक नागरिकले पूर्ण सुरक्षा मापदण्ड पालना गरी आफू र घरमा रहेका दीर्घरोगी, वृद्ध–वृद्धालाई संक्रमणबाट बचाउन अनुरोध गरेको छ।

पछिल्लो चरणमा बढी मात्रामा संक्रमण हुनेमा समूहमा बस्ने, समूहमा काम गर्ने, बैंक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, दैनिक तरकारी बजारमा आवात–जावात गर्नेहरू रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। ‘यी ठाउँमा काम गर्नेले सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्नुहोला,’ उनले भने। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार