श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

अध्यादेश कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

जनताकै चाहनाअनुरुप अध्यादेशमार्फत विकृति हटाएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अध्यादेशरुको पक्षपोषण गर्दै विकृतिहरु अन्त्यका लागि अध्यादेश जरुरी भएको बताएका छन् । उनले अध्यादेश कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली बचाउने प्रयास भएको र भविष्य बचाउने प्रयास रहेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो । शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो ।’ ‘धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्, ‘विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो,’ उनले लेखेका छन्, ‘वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बने । योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नगरेको तर चाहे आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्ने पनि दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ ।

त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो, शिक्षालयमा दलको झण्डा निषेध । कर्मचारीतन्त्रमा दलको झोला निषेध । यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ । अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ ।’

उनले विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट भन्ने मान्यता अनुसार, नै कर्मचारीले पनि विधि खोज्नु पर्ने बताएका छन् । भनेका छन्, ‘हामी चाहन्छौँ विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीतिः कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन । यो कुनै पार्टीविरुद्धको लडाइँ होइन । यो प्रणाली बचाउने प्रयास हो ।’

उनले जनताकै चाहनाअनुरुप अध्यादेशमार्फत विकृति हटाएका बताएका छन् । भनेका छन्, ‘हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपार्ईंंको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ । हामी तपाईंहरुकै जनचाहना बमोजिम काम गर्न सरकारमा आएका हौँ । तपार्इंहरु ढुक्क हुनुस्, हामी जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौँ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार