असार २२, २०८२ आइतबार July 6, 2025

तीन करोड भ्रष्टाचारको आरोपमा शर्माविरुद्ध अदालतमा मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका सिडिई सुरेशकुमार शर्माले तीन करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

विभिन्न कार्यालय तथा आयोजनाहरूमा कार्यरत रहँदा शर्माले अत्यधिक भ्रष्टाचार तथा अनियमितता गरेको ठहर गर्दै आयोगले शर्माविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार आरोपपत्र दर्ता गरेको हो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, शर्माविरुद्ध कुल तीन करोड छ लाख ५४ हजार नौ सय बत्तीस रुपियाँ बिगो कायम गरिएको छ । शर्माले वैध आयभन्दा बढी खर्च गरी खरिद गरेका चलअचल सम्पत्ति र खर्च लगानीको स्रोत नखुलेको देखिएको छ । आयोगले शर्माको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको निष्कर्ष पनि निकालेको छ ।

सिडिई शर्माले आफ्नो हैसियतभन्दा बढी रकमले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्था तथा कम्पनीहरूका संस्थापक एवम् साधारण शेयरहरु खरिद लगानी गरी खर्च गरेको देखिएको छ । सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र शर्माकी श्रीमती बबिता फुयाल शर्मालाई प्रतिवादी कायम गरी सम्पत्तिहरु जफत गरिपाउन पनि मागदाबी गरिएको छ ।

पन्जियार पक्राउ

यसैगरी, आयोगको टोलीले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिएबापत सेवाग्राहीसँग घुसवापत लिएको २४ हजार नगदसहित कार्यालय सहयोगी दिलीपकुमार पन्जियारलाई पक्राउ गरेको छ । पन्जियार धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ वडा कार्यालयका सहयोगी हुन् । पन्जियारले सो रकम लिइसकेको अवस्थामा आयोगको टोलीले वडा कार्यालय अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको खबर आजको गोरखापत्रमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार