असोज २३, २०८३ शुक्रबार October 9, 2026

मेघगर्जन–चट्याङ्गसहित देशभर वर्षाको सम्भावना

कोशीदेखि लुम्बिनीसम्म मध्यम वर्षा, हिमाली क्षेत्रमा हिमपात हुने संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, वैशाख २२ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाकाअनुसार बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापी क्षेत्रको प्रभाव रहेको छ ।

आज (मङ्गलबार) राति कोशी र मधेस प्रदेशको केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा बाँकी भूभागका एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, बिहीबार देशका पहाडी र हिमाली भूभागमा साधारणतया तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया