बैसाख २३, २०८३ बुधबार May 6, 2026

अनधिकृत लिङ्क नखोल्न आग्रह

अनधिकृत पहुँच पु¥याइ ठूलो मात्रामा बैंक खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्यूरोको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ वैशाख : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

ब्यूरोले एक सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको पाइएको जनाएको छ ।

प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाइ व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच पु¥याइ ठूलो मात्रामा बैंक खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्यूरोको भनाइ छ । ब्यूरोले यस्ता अनधिकृत लिङ्क नखोल्न तथा सचेत रहन आग्रह गरिएको प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक आडमा कब्जा शेरा दरबारको जग्गा फिर्ता ल्याउन मन्त्रालय नै बाधक
२०८३ बैसाख २३, बुधबार
कांग्रेसद्वारा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नयाँ सदस्य मनोनयन (सूचीसहित)
२०८३ बैसाख २३, बुधबार
आजको मौसमः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना
२०८३ बैसाख २३, बुधबार
‘रवि जोगाउने’ प्रतिनिधिसभा नियमावलीमा कांग्रेस असन्तुष्ट
२०८३ बैसाख २३, बुधबार
बलवा नगरपालिकामा वैशाख २८, २९ र ३० गते खोप सेवा सञ्चालन गरिँदै
२०८३ बैसाख २३, बुधबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २३, बुधबार
अनधिकृत लिङ्क नखोल्न आग्रह
२०८३ बैसाख २३, बुधबार