बैसाख २४, २०८३ बिहिबार May 7, 2026

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

विभागको पछिल्लो पूर्वानुमान प्रभावकारी भएको र अझै प्रभावकारी बनाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु विश्लेषण जस्ता सेवाको स्तरोन्नति गरिने बताउनुभएको छ ।

उहाँले आज जल तथा मौसम विज्ञान विभागको स्थलगत अनुगमन गर्नुभएको थियो । सो क्रममा मन्त्री श्रेष्ठले विभागको वस्तुस्थितिका बारेमा अवलोकन पनि गर्नुभएको थियो ।

उहाँलाई विभागकी महानिर्देशक डा अर्चना श्रेष्ठले विभागको कामहरूबारे जानकारी गराउनु भएको थियो । उहाँले विभागको पछिल्लो पूर्वानुमान प्रभावकारी भएको र अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया