श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘मोटीघाटी माया’ बोलको गीत सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लकडाउन भएयता कुनै नेपाली फिल्म प्रदर्शन भएका छैनन् । तर, त्यसयता कलाकारहरु म्युजिक भिडियो तथा अन्य रियालिटी शो’ बाट नाम कमाइरहेका छन ।

नायक पुष्प खड्का यतिवेला म्युजिक भिडियोमा व्यस्त छन् । त्यस्तै एक्सनस्टार रुपमा परिचित नायिका सुमि मोक्तान पनि म्युजिक भिडियो तथा डान्सिङ रियालिटि शो मा ब्यस्त छिन् । यी दुबै नायक/नायिकाले पहिलोपटक एक म्युजिक भिडिओमा सँगै काम गरेका छन् ।

नायक खड्का र नायिका मोक्तानको अभिनय रहेको ‘मोटीघाटी माया’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत मेलिना राई र कोशिश क्षेत्रीले गाएका हुन् । सार्वजनिक भिडियोको सुरुमा सुमिको एक्सनलाइ देखाइएको छ । र, गीतमा धमकेदार डान्स रहेको छ ।

गीतमा कोशिस क्षेत्रीको कम्पोज लेखु सहयात्री शब्द र उदयराज पौडेलको एरेन्ज रहेको छ । त्यस्तै भिडियोको छायाँकन भने उत्तम हुमागाँईले गरेका हुन भने रमेश थापाको सम्पादन । भिडिओमा सुरेन्द्र बस्यालको कोरियोग्राफी र हरि हुमागाइको निर्देशन रहेको छ ।

पछिल्लोपटक पुष्प अभिनित फिल्म मारुनी हो । त्यसैगरि सुमि फिल्म सरौंतोमा देखा परेकी थिईन् । यी दुबै फिल्मले औसत रुपमा व्यापार गर्न सकेका थिए । तरपनि सरौतोमा सुमीको एक्सन र मारुनीमा पुष्पको अभिनयले चौतर्फी वाहवाही पाएको थियो ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार