असार ३०, २०८३ मंगलबार July 14, 2026

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि दमौलीमा हुने गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला महिला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

निकट भविष्यमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट भलिबलको महिला तथा पुरुष टिम छनोट गर्ने उद्देश्यले यहाँ भलिबल प्रतियोगिता हुन लागेको हो।

व्यास नगरपालिका–३ खुल्ला मैदानमा हुने प्रतियोगिताका लागि मैदान तयार भइसकेको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए। प्रतियोगितामा सहभागी हुनका लागि गण्डकी प्रदेशका १० वटा जिल्लाबाट महिला तथा पुरुष खेलाडी दमौली आउँदै छन् । त्यस्तै मनाङबाट भने पुरुष खेलाडीको सहभागिता नरहने र महिलाको मात्रै सहभागिता रहने पाण्डेले बताए।

छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा महिला पुरुष गरी २४० खेलाडी, २० प्रशिक्षक र २० अफिसियल उपस्थित हुनेछन्।

पाण्डेले प्रतियोगितालाई गण्डकी प्रदेशका सबै जिल्लाका खेलाडीहरूको क्षमता उजागर गर्ने, उनीहरूबीच स्वस्थ प्रतिस्पर्धा विकास गर्ने र खेलकुदमार्फत सामाजिक एकता मजबुत बनाउने एउटा साझा अभियानका रूपमा लिएको उल्लेख गरे।

पछिल्लो समय भलिबलमा युवा पुस्ताको आकर्षण बढ्दै गए पनि उनीहरूको प्रतिभालाई सही मञ्चमा पुर्‍याउने संरचनागत अवसर अझै पर्याप्त छैन । “हामीले धेरै प्रतिभाशाली खेलाडीहरू गाउँगाउँमा देखिरहेका छौँ । उनीहरूलाई नियमित प्रतियोगिता, उचित प्रशिक्षण र प्रतिस्पर्धात्मक वातावरणको अभाव छ”, उनले भने, “त्यसैले यो प्रतियोगिता उनीहरूका लागि एउटा महत्त्वपूर्ण अवसर हो, जहाँ उनीहरूले आफ्नो क्षमता प्रमाणित गर्न सक्छन् ।”रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार