कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगले शुक्रबार बुद्ध पूर्णिमाका अवसरमा ‘बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति’ विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ ।

त्यस अवसरमा बुद्धका अहिंसा, करुणा, सचेतना तथा शान्तिपूर्ण सहअस्तित्वसम्बन्धी शिक्षाले युद्ध सीमित गर्ने र मानव सुरक्षामा केन्द्रित जेनेभा महासन्धिको मानवीय मूल्यमान्यतासँग पूरक सम्बन्ध राख्ने विचार वक्ताहरूले व्यक्त गर्नुभएको थियो ।

उक्त नियोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जेनेभास्थित प्याले दे नेसन्समा आयोजित कार्यक्रममा नेपालका स्थायी प्रतिनिधि राजदूत रामप्रसाद सुवेदी, स्वीस महासङ्घको सङ्घीय विदेश मामिला विभागअन्तर्गत एशिया–प्रशान्त महाशाखाका प्रमुख मार्कस लाइट्नर, मङ्गोलियाकी स्थायी प्रतिनिधि दावाासुरेन गेरेल्मा, थाइल्याण्डकी स्थायी प्रतिनिधि उसाना बेरानान्दा, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आइएफआरसी) का महासचिव जगन चापागाईं, शान्तिका लागि विश्वविद्यालय (युपिस)का स्थायी पर्यवेक्षक डेभिड फर्नान्डेज पुयाना, अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) की अन्तर्राष्ट्रिय कानुन नीति तथा अभिलेख निर्देशक इभा स्वोबोडा तथा जेनेभा ग्राजुएट इन्स्टिच्युटकी निर्देशक मेरी–लउरे साल्सले बुद्धका उपदेशबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

राजदूत लाइट्नरले विश्वमा शान्ति कायम गर्न बुद्धले गर्नुभएको योगदानको स्मरण गर्दै नेपाल–स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको र दुई देशबीचको मित्रता एवं सहकार्य सघन भएको बताउनुभयो ।

साथै बङ्गलादेश, भुटान, कम्बोडिया, भारत, लाओस, मेक्सिको, सिङ्गापुर, श्रीलङ्का, भियतनाम, नर्वे तथा पाकिस्तानका प्रतिनिधिहरूले पनि बुद्धका उपदेशबारे धारणा राखेका थिए ।

कार्यक्रममा स्वीट्जरल्यान्ड सरकार, विभिन्न अन्तर्राष्ट्रिय सङ्गठन, शैक्षिक क्षेत्र, नागरिक समाज तथा सरोकार भएका अन्य निकायका प्रतिनिधिसहित एक सय जनाभन्दा बढीको उपस्थिति थियो ।

उक्त कार्यक्रमले नेपाल–स्वीट्जरल्यान्डबीचको ७० वर्षे कूटनीतिक सम्बन्ध, बुद्धका शिक्षासँग जेनेभा महासन्धिको अन्तरसम्बन्ध तथा लुम्बिनी र जेनेभाबीचको सम्बन्धलाई पुनः जोड्ने अवसर प्रदान गरेको विज्ञप्तिमा जनाइएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार