काठमाण्डौं । रुपन्देहीको बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत आजबाट बाँकी प्रतिस्पर्धात्मक खेलहरू सुरु हुँदैछन् ।
शनिवार सम्पन्न उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ट्रिनिटी क्लब, वालिङले पद्मा स्पोर्ट्स क्लब, ओखलढुङ्गालाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । आज आयोजक बीस पचहत्तर युवा क्लब, बुटवल र अभिषेक चर्च, नवलपुरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
सिद्धेश्वर खेलमैदानमा जारी प्रतियोगितामा नेपालका आठ उत्कृष्ट टोली सहभागी रहेका छन् भने दर्शकका लागि करिब तीन हजार क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । जेठ २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया