असार ३०, २०८३ मंगलबार July 14, 2026

रत्न राज्य स्ववियुले जेठ १ गतेदेखि प्रिमियर लिगको आयोजना गर्ने

प्रतियोगितामा सहभागी हुन चाहने टोलीले १० हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (एफएसयू) ले विद्यार्थी एकता दिवसको अवसर पारेर अन्तरक्याम्पस टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘आरआर एफएसयू प्रिमियर लिग २०२६’ नाम दिइएको प्रतियोगिता आगामी जेठ १ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न क्याम्पसका विद्यार्थी टोलीहरूले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । साथै ‘सिरिजको सर्वोत्कृष्ट खेलाडी’, ‘सर्वोत्कृष्ट ब्याट्सम्यान’ र ‘सर्वोत्कृष्ट बलर’ लाई पनि छुट्टाछुट्टै आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

एफएसयूका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टोलीले १० हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । विद्यार्थीमैत्री वातावरणलाई ध्यानमा राख्दै दर्ता शुल्क न्यून र प्रोत्साहनमूलक राखिएको आयोजकको भनाइ छ ।

‘यहाँ केवल च्याम्पियनहरू मात्र उदीयमान हुन्छन्’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूबीच खेलकुदमार्फत आपसी एकता, अनुशासन, नेतृत्व क्षमता तथा प्रतिस्पर्धात्मक भावना विकास गर्नु रहेको बताइएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले आरआर क्याम्पस एफएसयू कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । थप जानकारीका लागि कार्यालयमै उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार