बैसाख २७, २०८३ आइतबार May 10, 2026

यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे

यातायात क्षेत्रको व्यवस्थित विकासका लागि सरकार, व्यवसायी, मजदुर सबै एकठाउँमा बसेर छलफल गरी समाधान खोज्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, २७ वैशाखः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै किसिमका यातायात व्यवसायी तथा यातायात क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आजदेखि पोखरामा सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले यातायात क्षेत्र संवदेनशील क्षेत्र भएकाले यस क्षेत्रको व्यवस्थित विकासका लागि सरकार, व्यवसायी, मजदुर सबै एकठाउँमा बसेर छलफल गरी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

“यातायात क्षेत्रमा जनता हरेक घण्टा जोडिएका छन् । राज्य, व्यवसायी, मजदुर सबै यसमा जोडिएका छन् । यस्तो संवदेनशील क्षेत्रको समस्या सबै एक ठाउँमा बसेर छलफल गरी समाधान गरौँ । समस्याको पहिचान हुन सके मात्र सम्बोधन हुन सक्छ । कुनकुन क्षेत्रमा कसरी के गरेर सरकारले सहयोग गर्न सक्छ, भन्नुहोला”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

उहाँले सरकारले यातायातमैत्री सडक पूर्वाधार बनाउन चाहे पनि पहाडी भूगोलमा सम्भव नभएको बताउनुभयो । “भूगोलका कारण चाहेर पनि पहाडी भूभागमा यातायातमैत्री सडक बनाउन सकिएको छैन, त्यसैले सुरक्षित यात्रा अघि बढाउन सबैको साथ सहयोग आवश्यक”, उहाँले भन्नुभयो ।

यातायात व्यवस्थापनका लागि प्रदेश सरकारले कानुन र नियमावली बनाएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । प्रदेश सरकारको कानुनमा व्यवसायीलाई समस्या परेको छ भन्ने गुनासो आयो भने व्यवसायीसँग बसेर समाधानको उपाय खोजिने उहाँले स्पष्ट पार्नुभयो ।

गण्डकी प्रदेश सरकारले प्रविधिमा जोड दिएर गतवर्ष राइड सेयरिङ सेवा सञ्चालनसम्बन्धी कानुन बनाएको बनाउँदै मुख्यमन्त्री पाण्डेले अहिलेको युगमा यातायात क्षेत्र प्रविधिमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूको व्यवसाय सुकाउन, लगानी निरुत्साहित गर्न सरकारले कानुन बनाएको होइन, ढिलो चाँडो प्रविधिमा जानुपर्दछ भनेर कानुन ल्याएको हो ।” रासस

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सडक दुर्घटनाका कारणले दैनिक औसतमा आठ जनाको ज्यान जाने दुखदायी अवस्था रहेको भन्दै प्रहरीले मात्रै दुर्घटना न्यूनीकरण गर्न नसक्ने बताउनुभयो । “मुलुकले कहाली लाग्दो सवारी दुर्घटनाबाट ठूलो मानवीय क्षतिसहित पुँजी क्षति भएको छ । दुखद् अवस्था बेर्होनु परेको छ । दुर्घटनाका विभिन्न कारणमध्ये मानवीय र इञ्जिनियरिङका कारण भएका छन् । दुर्घटना न्यूनीकरणका लागि यातायात क्षेत्रमा काम गर्ने सबैको साथ र सहयोग आवश्यक हुन्छ”, उहाँले भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दुर्घटनाका कारण व्यवसायी तथा लगानीकर्ता निरुत्साहित भएका बताउनुभयो । उहाँले यातायात क्षेत्रमा व्यवसायिकता र व्यावसायिक एकताका लागि प्रयास गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, सांसदहरू रमेश सापकोटा, विष्णुबहादुर खड्का, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री गोविन्दबहादुर नेपाली, बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री जयराम थापा, विभिन्न यातायात मजदुर तथा व्यवसायी सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले यातायात क्षेत्रको विकास र यस क्षेत्रका अप्ठ्यारालाई सरकारले समाधान गरी सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

महाधिवेशनमा देशभर सार्वजनिक यातायात सञ्चालन गर्ने समिति, कम्पनी, प्रालि तथा सहकारीबाट गरी दुई हजार जना महाधिवेशन प्रतिनिधि र पर्यवेक्षकको सहभागिता छ । महाधिवेशनअन्तर्गत वैशाख २८ गते बन्द सत्र हुनेछ । नयाँ नेतृत्व चयनको कार्यक्रम वैशाख २९ गते हुने महासङ्घका गण्डकीका निर्वतमान संयोजक केदार पौडेलले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
२०८३ बैसाख २७, आइतबार
‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ महाकाव्य लोकार्पण
२०८३ बैसाख २७, आइतबार
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
२०८३ बैसाख २७, आइतबार