कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने

समग्र परियोजना आधुनिक कृषि प्रणालीको विकास गर्न लक्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २७ वैशाखः नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर ग्रामीण अर्थतन्त्र रूपान्तरण गर्ने उद्देश्यले ललितपुरको खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने भएको छ ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेल, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि यु पेङचेङ र चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले आज उक्त केन्द्रको शिलान्यास गर्नुभयो । कुल ३२ लाख रुपैयाँमा निर्माण हुने सो तालिम केन्द्रमा स्थानीय, प्रदेश सरकार र चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको सहकार्य हुने जनाइएको छ ।

सोही अवसरमा स्थानीय कृषक समूहलाई प्रविधि र अन्य प्राविधिक विषय ज्ञान प्रदान गर्न उच्चस्तरको तालिम सुरुआत गरिएको छ । चीन सरकारको ‘चीन–दक्षिण एसियाली मुलुक गरिबी निवारण तथा सहकारी विकास केन्द्र–नेपाल भाइब्रेन्ट भिलेज’ पहलअन्तर्गत सञ्चालित यो परियोजनाले ललितपुर महानगरपालिकाको खोकना र दक्षिणकाली नगरपालिकामा कृषि आधुनिकीकरणमा नमूना क्षेत्रका रूपमा सहकार्य गर्ने लक्ष्य राखेको छ ।

मन्त्री पौडेलले सो तालिम केन्द्र सञ्चालनमा आएपछि किसानलाई प्राविधिक ज्ञान दिलाउन र रोजगारी सृजनामा महत्त्वपूर्ण भूमिका गर्ने विश्वास व्यक्त गर्नुभयो । चीनले कृषि प्रविधिमा मारेको फड्कोबाट नेपालले पनि लाभ लिन चाहेको उहाँले बताउनुभयो ।

त्यसैगरी चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले यसप्रकारको सहकार्यले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने र दिगो कृषि प्रणालीको जग बसाल्ने बताउनुभयो । निर्देशक झियाङले समग्र परियोजना आधुनिक कृषि प्रणालीको विकास गर्न लक्षित भएको बताउनुभयो ।

चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले चितवनमा हाइब्रिड धान, झापामा मत्स्यपालन र पशुपालनजस्ता परियोजना सञ्चालन गरिसकेको छ । चिनियाँ सहकार्यमा भएको यस कार्यक्रमअन्तर्गत खोकना र दक्षिणकालीमा रैथाने बालीको प्रवर्द्धन, बेमौसमी तरकारी उत्पादन र जीवन्त गाउँको निर्माणमा योगदान पुगेको ललितपुर महानगरपालिका–२१ का अध्यक्ष रवीन्द्र महर्जनले बताउनुभयो ।

उक्त समारोहमा चिनियाँ पक्षबाट अत्याधुनिक खेतबारी जोत्ने मेसिन ललितपुर महानगरपालिका वडा नं २१ को कृषक समूहलाई हस्तान्तरण गरियो । रिमोट कन्ट्रोलबाट चल्ने सो मेसिनले एक घण्टामा एक हजार वर्गमिटर जोत्न सक्ने र इन्धनको पनि कम खपत हुने चिनियाँ प्राविधिकहरूले जानकारी दिएका छन् ।

यसप्रकारका तालिम र प्राविधिक सहकार्यमा चिनियाँ विशेषज्ञ र अनुसन्धानकर्ताहरूको प्रत्यक्ष रेखदेख र संलग्नता रहने आयोजकले जनाएको छ । यस आयोजनाले ६० भन्दा बढी किसान परिवारलाई प्रत्यक्ष लाभान्वित तुल्याएको छ । सो अवसरमा स्थानीय महिला समूहले हातले बुनेका जुत्ता, स्थानीय मिठाइ र परियोजनाअन्तर्गत उत्पादन गरिएका ताजा तरकारी प्रदर्शन गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार