श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सत्तारुढ नेकपाको सचिवालय बैठक आईतबार सम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै नबसि स्थगित भएको छ । आज शनिबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक सरेको जानकारी नेताहरुलाई गराएका थिए । बिहीबार मात्रै सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र बढेको विवाद साम्य पार्न बैठक डाकिएको बताईएको थियो ।

स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा नयाँ विवाद जन्मेपछि सचिवालय बैठक माग भएको थियो ।

पछिल्लो समय प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले नियुक्ति गर्दा स्थायी समितिको भावना विपरित नियुक्ति गरेको भन्दै सोही पार्टीका अर्का अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको काम कार्वाही प्रति बैठकमा चर्को असन्तुष्टि राख्ने तयारी गरेपछी  बैठक स्थगित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्थगित बैठक आइतबार पुनः  ४ बजे बस्ने तय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार