असार ३०, २०८३ मंगलबार July 14, 2026

दोस्रो राष्ट्रिय महिला फुटबल: सेमीफाइनल समीकरण पूरा

विजेताले दुई लाख ५० हजार रुपैयाँ तथा उपविजेताले एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रूपन्देहौ । घानाकी विदेशी खेलाडी लुसिया जेम्सको डबल ह्याट्रिक र क्विनवेलको ह्याट्रिकमा संकटा क्लब काठमाडौले गत वर्षको विजेता कपिलवस्तु-११ लाई ११-१ गोलले पराजित गरेको छ ।

संकटाको यो जितसंगै बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को सेमीफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिता अन्तरगत मंगलवार संकटा र कपिलवस्तुवीच पहिलो चरणको अन्तिम खेल सम्पन्न भएको हो ।

एकतर्फि खेलमा संकटा क्लब काठमाडौँले कपिलवस्तु-११ लाई पराजित गर्यो । संकटा यो जितसंगै सेमीफाइनलमा प्रवेश गरेको छ । संकटाले सेमीफाइनलमा बैशाख ३१ गते अभिषेक चर्च, नवलपुरसंग फाइनल प्रवेशका लागि खेल्ने छ । चर्च आयोजक विस पचहत्तर युवा परिवार, बुटवललाई पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको हो ।

यसैगरि बैशाख ३० गते हुने अर्को सेमीफाइनल नेपाल पुलिस क्लब र गत वर्षको विजेता ट्रिनिटी क्लब, बालिङ्कावीच हुने छ ।

पुलिसले हेटौडा फुटवल एकेडेमीलाई र ट्रिनिटीले पद्मा स्पार्टस, ओखलढुङ्गालाई हराउदै सेमीफाीनल पुगेका हुन ।

मंगलबार सिद्धेश्वर खेलमैदानमा भएको खेलमा संकटाले कपिलवस्तुमाथि सहज जित निकालेको हो । घानाका ३ विदेशी खेलाडी सहभागी गराएको संकटाले खेलमा सुरुवातदेखि नै आक्रमक खेल खेलेको थियो । संकटाका लागि घानाकि लुसिया जोसेले खेल सुरु भएको पाचौ मिनेटमा पहिलो गोल गरिन । पहिलो गोल खाएको दोस्रो मिनेटमा कपिलवस्तुकि प्रतिमा जर्घामगरले गोल गरि खेल १-१ होलकों बराबरी बनाएकि थिईन । तर संकटाले आक्रमक खेल खेल्दै लुसियाले पहिलो हाफमै ४ गोल गर्न पुकिन । दोस्रो हाफमा थप ३ गोल गर्दै दोस्रो ह्याट्रिक पुरा गरेकि थिईन ।

यसैगरि संकटाकि अर्कि विदेशी खेलाडी क्विनवेलले ४ गोल गरिन । संकटाकातर्फबाट खेलको दोस्रो हाफमा ६ गोल भएको थियो । खेलमा डबल ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरेकी संकटाकी लपसियाँ जोसे ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ तथा उपविजेताले एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ घोषित खेलाडीले पाँच हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल जेठ २ गते हुने आयोजक संस्था विस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले जनाएका छन । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार