बैसाख ३०, २०८३ बुधबार May 13, 2026

कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल

तत्काल मर्मत गरी प्रसारण लाइन सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल सुरु गरेको छ । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुईवटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको थियो ।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले सो घटनाबारे छानबिन गर्न र तत्काल मर्मत गरी प्रसारण लाइन सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै टावर पुनर्निर्माण गरी विद्युत् सञ्चालन गर्न पहल भइरहेको जनाएको छ । हुरीबतासका क्रममा रुख ढल्दा दुईवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त घटनापछि प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिसकेको छ । प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मा आरएस इन्फ्रा कम्पनीले लिएको थियो । हालको क्षतिमा टावरको फाउन्डेसन नै पुनर्निर्माण गर्नुपर्ने अवस्था देखिएको र मर्मत तथा पुनस्र्थापना गर्न करिब तीन साता लाग्ने अनुमान गरिएको छ ।

१३२ केभी लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् आपूर्ति सुरु गरिएको छ । तर उक्त लाइनको क्षमता कम भएकाले विद्युत् सेवा प्रभावित भइरहेको बताइएको छ ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने लक्ष्यसहित निर्माण गरिएको पूर्वाधार आयोजना हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
२०८३ बैसाख ३०, बुधबार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त
२०८३ बैसाख ३०, बुधबार
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
२०८३ बैसाख ३०, बुधबार
कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
२०८३ बैसाख ३०, बुधबार
युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते
२०८३ बैसाख ३०, बुधबार
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
२०८३ बैसाख ३०, बुधबार
दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री
२०८३ बैसाख ३०, बुधबार