असार ३०, २०८३ मंगलबार July 14, 2026

पोखरा स्पोर्टस् अवार्डः प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी

अवार्डलाई महानगरले अभिभाकत्व प्रदान गर्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, ३१ वैशाखः नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज पोखरामा सम्पन्न भएको १०औँ संस्करणको पोखरा स्पोर्टस् अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडीको अवार्ड टेनिसका खड्का र महिलातर्फ एथलेक्टिसकी भण्डारी भएका हुन् ।

दुवै जना खेलाडीले खेलकुद क्षेत्रमा विगत एक वर्षमा गरेको प्रदर्शनका आधारमा अवार्ड जित्दै जनही एक/एक थान स्कुटर पुरस्कार प्राप्त गरेका छन् । पुरुषतर्फको विधाको मनोनयनमा विजेता खड्कासँगै जुडोका विज्ञान टि खत्री र भलिबलका सञ्जुविक्रम शाह रहेका छन् भने महिलातर्फ भण्डारीसँगै जुडोकी मनिषा तामाङ र आर्चरीकी मोनिका रानामगर मनोनयनमा रहेकी थिइन् ।

अवार्डअन्तर्गत ‘पिलल्स च्वाइस अवार्ड’ भलिबलका खेलाडी राजन दर्लामीमगरले प्राप्त गरेका छन् । उनले अवार्डसँगै हिरोको जुम स्कुटर प्राप्त गरेका हुन् । यस विधामा दर्लामीसँगै फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र क्रिकेटका विपिन खत्री मनोनयनमा परेका थिए ।

दर्शकको भोटका आधारमा सबैभन्दा बढी मत प्राप्त गर्ने दर्लामीलाई उक्त अवार्ड प्रदान गरिएको हो । खल्ती एपमार्फत प्राप्त भोटलाई यस विधामा मान्यता दिइएको थियो ।

पोखरा स्पोर्टस् अवार्डअन्तर्गतको ‘लाइभ टाइम एचिभमेन्ट अवार्ड’बाट एथलेटिक्सका पूर्वखेलाडी टीकाबहादुर बोगटी सम्मानित भएका छन् । ओलम्पिकमा दुई पटक सहभागी बनेका बोगटीलाई चाँदीको करुवा, अवार्ड, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

अवार्डमा वर्ष उत्कृष्ट खेल सङ्घसंस्था कास्की जिल्ला क्रिकेट सङ्घ, वर्ष उदीयमान खेलाडी ब्याटमिन्टनकी निभा राई, स्पेशल अवार्ड पारा खेलाडी सुस्मा तामाङ, वर्ष उत्कृष्ट प्रशिक्षक सिद्धान्त अधिकारी र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट दीननाथ बराल सम्मानित भएका छन् । सबैलाई अवार्डसँगै जनही रु ३५ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।

अवार्ड प्राप्त खेलाडी, प्रशिक्षक, खेल पत्रकारलगायतलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसी, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी लगायतले अवार्डसहित सम्मान प्रदान गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको सीमित स्रोतसाधनले भ्याएसम्म खेलकुद विकासका लागि सहयोग गर्दै आएको बताउनुभयो । “सीमित स्रोतका बाबजुत पनि गण्डकी प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीलाई मासिक भत्ता उपलब्ध गराइएको छ । प्रदेशलाई खेलकुदका माध्यमबाट विकास गर्दैै सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा मुस्ताङमा हाइअल्टिच्युट मैदान बनाउँदैछौँ । यसको उद्देश्य पनि गण्डकीलाई साहसिक खेलका माध्यमबाट विश्वमाझ परिचित गराउने हो”, उहाँले भन्नुभयो ।

पोखरा महानगरका प्रमुख आचार्यले ‘इभेन्ट’को सहर पोखरामा पोखरा स्पोर्टस् अवार्डले अर्को रौनक थपेको बताउँदै अवार्डलाई महानगरले अभिभाकत्व प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले खेलकुदका माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको धारणा राख्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार