असार ३०, २०८३ मंगलबार July 14, 2026

आइसिसी क्रिकेट विश्वकप लिग २ : शनिबार अमेरिकाको सामना गर्दै नेपाल

लिग २ मा रोमाञ्चक नतिजाहरू निस्किरहँदा नेपाली टोली भने दबाबमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको नेपाल, अमेरिका र स्कटल्यान्डबिचको शृङ्खलामा नेपालले शनिबार अमेरिकाको सामना गर्दै छ । शृङ्खलामा दुई खेल सम्पन्न भएका छन् । दुवै खेलमा समान किसिमको नतिजा पनि आएको छ ।

दुवै खेलमा विजयी टिम थियो स्कटल्यान्ड, पराजित टिम थिए नेपाल र अमेरिका अनि जितको अन्तर थियो केवल २ रन । नेपाललाई पनि डीएल पद्धतिमा २ रनले हराएको स्कटल्यान्डले बिहीबार अमेरिकासँग पनि त्यही भाग्य दोहोर्‍यायो ।

लिग २ मा रोमाञ्चक नतिजाहरू निस्किरहँदा नेपाली टोली भने दबाबमा छ, शनिबार हुने अमेरिकासँगको खेलमा जित निकाल्दै नेपाल लयमा फर्किन चाहन्छ । त्यसको लागि कमजोरीमा सुधार भने अवश्य गर्नुपर्ने हुन्छ ।

लिग २ अङ्कतालिकामा अमेरिका २५ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । शृङ्खला सुरु हुनुअगाडि शीर्षमा भए पनि स्कटल्यान्डले लगातार दुई जित निकालेपछि अमेरिका शीर्षबाट दोस्रोमा झरेको हो ।

स्कटल्यान्ड ३० खेलमा ३८ अंक जोडेर शीर्षस्थानमा छ । नेपाल भने २५ खेलमा १८ अङ्कका साथ सातौं स्थानमा छ । नेपाल र अमेरिका हालसम्म ओडिआई फर्म्याटमा ११ पटक आमनेसामने भएका छन् । नेपालले ४ खेल जित्दा ६ खेलमा पराजित भएको छ । एक खेल टाई भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार